Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनसमाचारहरु

अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हाे ।


भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनुअघि नै उनको निधन भैसकेको डाक्टरले बताएका छन् । ५२ वर्षीय भट्टराईकी श्रीमती र एक छोरा छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!