Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

लेख रचना

(अनेसास)को केन्द्रिय विधान संसोधन समितिको संयोजकमा प्राध्यापक डा. खगेन्द्र प्रसाद लुईटेल नियुक्त

वाई.बि. गुरुङ्ग — ०५ फेब्रुअरी २०१९— नेपाली डायस्पोरामा विगत १९९०को दशक देखी शुरु भएको नेपाली भाषा तथा साहित्यको संरक्षण,सम्बर्धन र विकासका खातिर स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गत वर्ष २०१८ मा सम्पन्न केन्द्रिय निर्वाचनद्धारा आगामी २ वर्षे कार्यकालका(२०१८—२०२०)लागि निर्वाचित कार्य समितिको पूर्ण बैठकले सस्थाको केन्द्रिय विधान संशोधनका लागि प्राध्यापक डा. खगेन्द्र प्रसाद लुईटेलको संयोजकत्वमा वरिष्ठ साहित्यकार तथा अनेसास केन्द्रिय पूर्व उपाध्यक्ष, अनेसास, वेलायतका अध्यक्ष सुमल कुमार गुरुङ्ग र साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टी सदस्य बलराम थापा सदस्य रहने गरि तिन सदस्य विधान संशोधन समिति मनोनित गरेको छ ।
विधान संशोधन समितिले पूर्णता पाए संगै आफ््नो काम तिब्र रुपमा शुरु गरेको छ । अनेसासको साविकको केन्द्रिय विधानमा कुन कुन धारा, उपधारा, र विषयहरुमा थप घट वा संशोधन गर्ने भनेर समितिले विश्वभरी रहेका अनेसासका आजिवन सदस्य, बोर्ड अफ ट्रष्टी, च्याप्टर अध्यक्षहरुमा सार्वजनिक सुझावको माग गरेको छ ।
विभिन्न समयमा अनेसासको विधान संकुचित भयो, केन्द्रिय विधानले  विभिन्न देसमा स्वतस्फूर्त खोलिएका च्याप्टरहरुलाई समेट््न सकेन, बोर्ड अफ ट्रष्टी र केन्द्रिय कार्य समिति र च्याप्टर विचको सम्वन्ध साँघुरो बनाएको आदि जस्ता आवाजहरु उठी रहेका बेला यस विधान संशोधन समितिलाई अनेसासको विधान समयानूकुल परिवर्तन गर्न आफ््नो अमूल्य सल्लाह तथा सुझाव दिने मौका आएको छ यसर्थ आफ््नो मत, अभिमत जाहेर गर्ने यो सुनौले अवसर पनि हो त्यसैले अनेसासका सम्पूर्ण आजिवन सदस्यहरुले विधान संशोधन समितिको देहाय बमोजिमको ईमेलमा inlsbidhan2019@gmail.com आफ््नो सुझाव दिनु हुन समितिले सार्वजनिक सूचना जाहेर गरेको छ ।
अनेसासको साविकको केन्द्रिय धिान अङ््ग्रजी भाषामा मात्र छ भने हाल सम्म यो विधान पाँचौ पटक संशोधन गरिएको छ र यस साविकको विधान संशोधन समितिका संयोजक पनि प्राध्यापक डा. खगेन्द्र प्रसाद लुईटेल नै हुनुहुन्थ्यो ।
अबको गरिने संशोधन छैठौ हुने छ भने अबको विधान नेपाली भाषामा पनि उपलब्ध गराउने कुरा अनेसास, केन्द्रले जानकारी गराएको छ ।
उक्त बिधान संशोधनका लागि आफ्नो सुझाव आगामी २०७५ चैत्र ३ गते तदानुसार १५ फेब्रुअरी २०१९ भित्र आफ्नो सुझाव पठाउन सकिने छ ।सुझाव पठाउने ईमेल ठेगाना :  inlsbidhan2019@gmail.com

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!