Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

अफगानिस्तानमा चर्चित महिला पत्रकारको हत्या

एजेन्सी : अफगानिस्तानमा एक चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्या भएको छ ।
पत्रकार मिना मंगलको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको निन्दा गर्दै हत्यारालाई कारबाही माग गरेका छन् ।

यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानूनबमोजिम कारबाहीका लागि पनि माग गरेका छन् ।
मिना विगतमा टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार उनको राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो ।

उनी राजनीतिमा पनि सक्रिय थिइन् । उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मंगलका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त जनाएका छन् ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उनको हत्यामा संलग्न के हुन् भन्ने बारेमा भने अझै प्रस्ट भइसकेको छैन । त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मंगललाई शनिबार गोली हानिएको थियो ।

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरुले यस हत्याबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!