Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षको उम्मेदवार

गैरआबासिय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन । सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि सस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११- २०१५ सम्म दुई कार्यकाल  अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन ।

नेपालीहरु भर्खरै  पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै गरेका छन ।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत  अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन ।

गत भुकम्प पछि आफू कार्यरत  सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । बिगत दुई कार्यकाल कोषाध्यक्ष रहदा पहिलो कार्यकाल  मुलत एनआरएन भवन र भुकम्प राहतको कोष संकलन ,नाकाबन्दीको राहात र बाढी , हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती ,भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।
एनआरएनएलाई संसार भरी रहेका सबै पेशा ,ब्याबसाय र भुगोलमा रहेका  प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्बाचित भए पछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने , बिशेषत खाडी , मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्छन ।

तस्बिर :बिमल नेपाल

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!