Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

‘अब सुन तस्करीका ठूला माछा समात्ने हाे ‘गृहमन्त्री थापाले गरे यस्ताे खुलासा,

काठमाडाैँ, २३ जेठ: गृहमन्त्री रामबहादुर थापले अब सुन तस्करीका ठूला माछा समात्ने बताएका छन्। उनले भने,’छानविन समिति ठूला माछाकाे लगभग नजिक पुगिसकेकाे छ।’

गृहमन्त्री थापाले आफ्नो सय दिने कार्यप्रगतिबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्ताे खुलासा गरेका हुन्। गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा पुगिसकेपछि अनुसन्धान त्रुटिपूर्ण भन्दै अभिव्यक्ति आउन थालेको बताए ।

उनले भने,’हामी सुन तस्करीका ठूला माछा नजिक पुगेका छौ‌ं, अनुसन्धान त्रुटिपूर्ण भन्नु त्यसैको छटपटाहट हो।’ सुन तस्करहरुलाई बचाउन केही शक्ति लागिपरेको तर अनुसन्धान सही बाटाेमा गएकाे उनले बताए।

गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका हुन् । ‘हिजो पनि एउटा माछा परेको छ’, ’पत्रकार सम्मेलनमा उनले भने, ‘माछा मार्ने क्रम जारी छ, साना र मझौला माछा फेला परिसकेका छन्, अब ठूला माछा पनि छिट्टै फेला पर्नेछन्।’

तल प्रतिकृया दिनुहोस