Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

अमेरिकाबासी नेपालीले विश्व शान्ति र ऐक्यबद्धताको निम्ति द्वीप प्रज्जवलन :

कोरोनाको संक्रमणबाट विश्व नै आक्रान्त छ अहिले । यसबेला सारा मानिसमा तनाव छ, आफन्त गुमाएको पिडा छ, अब के होला भन्ने त्रासैत्रासमा बाँच्नुपरेको अवस्था छ मानिसका लागि । यस्तो परिस्थितिमा मनलाई कसरि सम्हाल्ने, शान्ति कसरि जागृत गर्ने ?
यो अहम प्रश्नप्रति मध्यनजर गर्दै मनमा शान्ति जगाउँ भन्ने भावनाका साथ “शान्तिको कामना” बोलको छोटो सांगीतिक कोशेली लिएर हामी जनमानसमा आएका छौं । बुद्ध जयन्तीको पावन अवसर पनि हो, यसै समयलाई सदुपयोग गर्दै हामीले यो गीत प्रकाशित गरेका हौँ । बाँच्नका लागि शान्ति, एकता र शाहस मुख्य आधार मानिन्छन, यीनैको प्राप्तिका लागि आ-आफ्नो मनलाई दह्रो पारौं, निराश नबनौं, यो संकटबाट पार पाउन एकताबद्ध भै जुटौं भन्ने भावनालाई संसारभर फैलाउन सहयोगी बनोस भन्ने अभिप्रायका साथ यो सांगीतिक कोशेली पेश गरिएको छ ।

राज सागर र अन्जु श्रेष्ठको स्वरमा प्रस्तुत यो गीतको रचना राजा घले र शव्द ज्ञानेन्द्र गदालले गर्नुभएको छ भने यसमा राज सागरले संगीत भर्नुभएको छ । अमेरिकामा रहनुहुने आ-आफ्नो क्षेत्रमा ख्यातिप्राप्त केहि व्यक्तित्वहरुको यसमा प्रत्यक्ष सहभागिता रहेको छ ।

शान्तिको कामना:
**************
आऊँ हामी सबै मिली, शान्तिको दियो जलाउँ
मृत्युलाई हामी जित्नेछौं, मनको डर भगाऊँ ।
एकता हाम्रो शक्ति हो, संकटलाई पर फाल्नुछ
शान्तिको शास फेर्नलाई, साहसी कदम चाल्नुछ ।

” दिवंगतहरुको आत्मा शान्ति होस्, र जीवितहरुको मन शान्ति होस्, यो शान्तिदिपको उज्यालो सबैमा पुगोस्”  ।

प्रार्थी:
राजा घले
ज्ञानेन्द्र गदाल https://www.youtube.com/watch?v=UsiTSZ2OGZc

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!