मनोरन्जन

अमेरिकामा छायाचित्रकार (फोटोग्राफर) राजिव श्रेष्ठको “ग्लाम क्यालेण्डर २०१९” को लोकार्पण

विजय थापा ,अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मन टाउन शहरमा लोकप्रिय फोटोग्राफर राजीव श्रेष्ठको “ ग्लाम क्यालेन्डर २०१९ “ को लोकार्पण सम्पन्न  भएको छ ।
श्रेष्ठ द्वारा मिस नेपाल युएसमा सहभागी भएका प्रतियोगीहरु लगायत अमेरिकाको न्यू योर्क ,टेक्सस तथा डिसी महानगर क्षेत्रमा रहेका मोडलहरु(नमूना )का खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्विरलाई उक्त  “ग्लाम क्यालेन्डर २०१९”मा समाबेश गरिएको छ ।
“ग्लाम क्यालेन्डर २०१९” का प्रमुख अतिथि अन्तरराष्ट्रीय नेपाली पत्रकार संघ(ईन्जा)का अध्यक्ष गुणराज लुईटेल रहेका थिए । “ग्लाम क्यालेन्डर २०१९ को लोकार्पण प्रमुख अतिथि लुइँटेल ,नमुना महिला रिमा केसी ,राजिव श्रेष्ठको आमा तथा स्वयम् राजिव श्रेष्ठले सयुक्त रुपमा सार्बजनिक रुपमा बिमोचन गरेका थिए ।
लोकार्पण हुनु अगाडी श्रेष्ठले आमाको आशिर्बाद लिएर मात्र “ग्लाम क्यालेन्डर २०१९”को सार्बजनिक श्रेष्ठले गरेका थिए । फोटोग्राफर श्रेष्ठले उक्त भित्ते पात्रोमा रहेका नमुना महिलाहरुको परिचय समेत दिएका थिए । उनले मिस नेपाल युएस २०१८ का ९ जनाको तस्बिरहरु र ३ वटा तस्बिर डीसी क्षेत्रकि नमुना महिला रिमा केसीको राखिएको बताएका थिए । श्रेष्ठले नेपालमा हुँदा आफुले भोगेका अनुभव बारेमा छोटोमा चर्चा गर्नुको साथै आफू मेहनती छु भन्दै विश्वास दिलाएका थिए । उनले सहयोग र समर्थन गर्न आग्रह समेत गरेका थिए । साथै श्रेष्ठले आगामी सन् २०२० को लागि यस भित्ते पात्रोमा आउन इच्छुक सबैलाई आव्हान गरेका छन् । 
“प्रमुख अतिथी गुणराज  लुईटेलले राजिव श्रेष्ठलाई सहयोग र वहा संग मिलेर काम गर्न आग्रह गरेका थिए । साथै अमेरिकामा जन्मेका नानीहरु तथा मोडल नमुना बन्ने को लागि पनि ठुलो अवसर भएको बताउदै श्रेष्ठलाई नेपाल देखि नै चिनेको बताएका थिए । 
उक्त कार्यक्रममा संचारकर्मी सुनिल मणि दाहाल तथा विजय थापाले शुभकामना मन्तब्य दिएका थिए l कार्यक्रम संचालन अमेरिका नेपाल चलचित्र समाजका संस्थापक पूर्ण सिंह बराईलीले गरेका थिए । सोही कार्यक्रममा श्रेष्ठलाई ईन्जा को संचालक समिति सदस्यमा आमन्त्रण गरिएको थियो । 

तल प्रतिकृया दिनुहोस