८ मंसिर- आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार विहान सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि घर भित्र्याउन सफल भएको छ ।

photo icc
photo icc

टस जितेर पहिला ब्याटिङमा उत्रेको इङ्ल्यान्डले १९.४ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ५ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ड्यानियल वेटले ४३ र हिथर क्लियरले २५ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंक रन बनाउन सकेनन् ।

जितको लागि १ सय ६ रनको सामान्य लक्ष्यका साथ मैदानमा उत्रेको अस्ट्रेलियाले १५.१ ओभरमा आफ्नो २ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको थियो । अस्ट्रेलियालाई सहज जित दिलाउन कप्तान मेग लनिङगले २८ र एशले गार्डनर ३३ रनमा नट आउट रहे । यस्तै ओपनर एलिस हिली २२ र बेथ मूनीले १४ रन जोडे । इङल्यान्डका लागि डेनियल हैज़ेल र सोफी एक्लेस्टोनले एक एक विकेट लिए अष्ट्रेलियालाई रोक्न त्यो काफि थिएन । इङ्ल्यान्डले उपाधि अष्ट्रेलियाको पोल्टामा सुम्पन बाध्य भयो ।

इङ्ल्यान्डलाई सस्तैमै समेट्नको लागि अस्ट्रेलियाका गार्डनरले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् भने मेगन शत्त र जॉर्जिया वेरहमले समान दुई विकेट हात लिन सफल भएकी थिइन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस