खेलकुदहेडलाइन

आइसीसी महिला टी–२० विश्वकप :नेपालले तेस्रो जित हङकङ चार विकेटले हरायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जित हात पार्न सफल भएको छ ।

आइतबारको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो । नेपालका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिन सफल भइन् ।

व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् । योसँगै टी–२० क्रिकेटमा नेरी एके खेलमा धेरै विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा पुगेकी छिन । नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन ।

नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले इ सान टु लाई खाता नै खोल्न नदिई पेभेलियन पठाइन ।

तेस्रो विकेटको रुपमा नेरीले १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन् । हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाउन पुगेको थियो । चौथो विकेटको रुपमा नेरीले क्यारी चानको विकेट लिन सफल भइन् । त्यसपछि पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरेकी नेरीले छैटौं विकेटका रूपमा जस्मिन टिटमसलाई सिकार गरेकी थिइन् ।

नेरीको ओभर सकिदा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो । हङकङका लागि मरिनाले १९ रन बनाइन ।
जवाफमा नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत १६ रन बनाइन् । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा नेपालले पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट गुम्यो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!