बिज्ञान प्रबिधी

आईफोनको ब्याट्री साटिदिने एप्पलको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एप्पलले जानाजान आईफोनका ब्याट्रीको क्षमता कमजोर बनाएको खुलासा भएपछि संसार भर ठूलै खैलाबैला मच्चिएको थियो । नयाँ मोडलका आईफोन बजारमा आउँदा पुराना आईफोन प्रयोगकर्तालाई नयाँ किन्नका लागि बाध्य बनाउनका लागि यस्तो गरेको आरोप एप्पललाई लागेको छ । एप्पलले पनि आईफोन पुरानो हुँदा ब्याट्रीको क्षमता पनि कमजोर भएको प्रयोगकर्ताको गुनासोलाई पन्छ्याउन खोजेको थियो ।

अहिले भने आईफोनले आईफोन सिक्स वा त्यसभन्दा पछिल्ला आईफोनका ब्याट्री परिवर्तन गरिदिने वाचा गरेको छ । सुरुमा यसका लागि प्रयोगकर्ताले ७९ डलर तिर्नुपर्ने बताएको थियो । तर, अहिले यो मूल्य घटाएर २९ डलर बनाइएको छ ।ब्याट्री साट्नका लागि एप्पलले एउटा मापदण्ड पनि तोकेको थियो, जसमा ब्याट्रीको क्षमता पहिला परीक्षण गरिन्थ्यो । नयाँ ब्याट्रीको तुलनामा ८० प्रतिशतभन्दा बढी चार्ज स्टोर गर्न सक्ने क्षमता भएका पुराना ब्याट्रीलाई साट्न अयोग्य ठहराइएको थियो । तर, यसको पनि चौतर्फी विरोध भएपछि एप्पलले यो मापदण्ड पनि हटाएको छ । अब आईफोन सिक्सभन्दा पछिका आईफोनका जुनसुकै ब्याट्री प्रयोगकर्ताले २९ डलर तिरेर साट्न सक्नेछन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!