Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

आईसीसी टी–२० वरीयतामा नेपाल ११ औं स्थानमा

आईसीसी टी–२० वरीयतामा नेपाल तीन स्थान अघि आएको छ ।
आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा थियो ।

११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरियतामा सुधार भएको हो ।

नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा रहेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!