मनोरन्जन

आकासको जूनमा मनु र सञ्जयको बेजोड अभिनय ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वाई.बि. गुरुङ्ग ,लिस्वोन, ०२ जनवरी २०१९ — नेपालका चर्चित अनि ब्यस्त गायक सन्तोष लामाको कर्णप्रिय आवाजमा सजिएको “अक्षेता” नामक गिती एल्बममा रहेको चर्चित गीत “आकासको जून पनि नजिक छ है जस्तो लाग्छ , तिमी साथ हुदा प्रिय समय पनि आफै भाग्छ ” बोलको गीतको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।नेपुगल टेलीभिजनद्धारा निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा साहित्यकार तथा कलाकार सञ्जय लामा र मनु पाख्रीन तामाङ्गले अभिनय गरेका छन ।अङग्रेजी नयाँ वर्ष २०१९ को अबसर पारेर सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो पोर्चुगलका विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । 
गायक सन्तोष लामाको स्वर,रोशन भट्टराईको शब्द तथा न्ह्यु बज्राचार्यको सङ्गीत रहेको “अक्षेता”नामक गीती एल्वममा रहेको उक्त गीतले स्रोताहरुको मन जित्न सफल भएको छ ।म्यूजिक भिडियोमा पहिलो पटक अभिनय गरका मोडल द्धय मनु पाख्रीन तामाङ्ग र सञ्जय लामाले गीतलाई न्याय गरेका छन्् । पहिलो पटक जस्तो पटक्कै नलाग्ने उक्त म्यूजिक भिडियोका छायाँकार तथा निर्माता गङ्गा बहादुर नेमकुल हुन ।सानै देखी नाच्न गाउन रुचि राख्ने मनु राम्री नृत्याङ्गना पनि हुन भने सञ्जय लामा साहित्यकार तथा कोरियोग्राफर समेत हुन ।नव प्रतिभा द्धय मनु पाख्रीन तामाङ्ग र सञ्जय लामालाई हार्दिक बधाईका साथै उज्वल भविष्यको शुभकामना ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!