बिज्ञान प्रबिधीहेडलाइन

आजको दुर्लभ चन्द्रगह्रण हेर्न छुटाउनेले १० वर्ष कुर्नुपर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज राति सन् २०१९ को पहिलो चन्द्रग्रहण लाग्दैछ । उक्त चन्दग्रहण हेर्न विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरू उत्सुक छन् ।

आज रातो रङ्गको देखिने ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेर्न छुटाएमा यो चन्द्रग्रहण देखिने क्षेत्रमा बसोबास गर्ने मानिसले सम्भवत सन् २०२९ सम्ममा फेरि यस्तै खालको चन्द्रग्रहण देख्न सक्ने छैनन्।

चन्द्रग्रहण निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ।

पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ।

सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ। यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ। चन्द्रमा पृथ्वीको धेरै नजिक आउनेछ त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिनेछ ।

चन्द्रग्रहण सोमबार ग्रेनिच समय (जीएमटी) अनुसार ०२:३५ देखि ०७:४९ बजेसम्म देखिने छ। तर पूर्ण चन्द्रग्रहण चाहिँ ०५:१२ जीएमटीमा देख्न सकिनेछ।

यो चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तरपश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भाग, पूरै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी टुप्पोबाट पनि देख्न सकिनेछ।

सूर्यग्रहणलाई सीधै हेर्नु खतरनाक हुनसक्छ। तर चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ। त्यो पूरै सुरक्षित हुन्छ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!