अन्तरराष्ट्रिय

आफ्नै रगत दिएर करीब २४ लाख बच्चाहरु बच्चाए

सन १९५१ मा १४ बर्षिय अष्ट्रेलियन जेम्स हैरिसनको फोक्सोमा बिमार लागेर सल्यकृया गर्नु पर्यो । उनलाई तीन महिना अस्पातलमा रहदा १३ पोका रक्त संचार गर्नु परेको थियो । उनलाई चाहिएकोजती रगत दिनेहरु सबै जना अपरिचित थिय । त्यसपछी उनले रक्तदान को महत्व बुझे । जेम्स हैरिसनलाई पनि मैले अरुको लागि केही गर्नुपर्छ भन्ने मनमा परेछ तब उनी १८ बर्ष हुनासाथ पहिलोपटक रक्तदान गरे । रगत निकाल्न पाखुरामा सुइ घोच्दा उनलाई धेरै दुखेको थियो ।उनले अरुलाई बचाउन दु:खाईलाई वास्था नगर्दै रगत दिन सुइ घोच्ने बेलामा आँखा चिम्लेर नै सहे ।

सन १९६७ सम्ममा अष्ट्रेलियामा हजारौ महिलाको गर्वपात र जन्मिहाले पनि बच्चाको मस्तिष्कमा समस्या हुन्थ्यो। डाक्टरहरुले यस्तो हुनुको कारण पत्ता लगाउन सकेका थिएनन।जब जेम्सहैरिसनले पहिलो पटक रक्तदान गरे, त्यस रगतमा ब्लड बैन्कका अनुसन्धानकर्ताले एक प्रकारको एंटीबॉडी ‘एन्टी डी’ पाए । त्यसपछी बैज्ञानीकहरुले जेम्सलाई रगतमा हुने प्लाज्माबाट एन्टी डीइन्जेक्शन बनाउने कार्यक्रममा सरीक गराए । उक्त इन्जेक्शन पहिलोपटक रोयल प्रिन्स एल्फ्रेड अस्पतालमा एक गर्ववती महिलाई दीईयो ।

जेम्स हैरिसनले हप्तै पच्छे ६० बर्षासम्म प्लाज्मा दान गरेकोबाट एन्टी डी सुई बनाइ अश्ट्रेलियाका १७ प्रतिशत गर्ववती महिलालाई लगाउदा २४ लाख नव शिसुहरुलाई बचाउन सहयोग भयो ।जेम्सको प्लाज्मा ई-डी इम्युनोग्लोब्लिन औषधि बनाउन प्रयोग हुन्थ्यो । यो औषधि नेगेटिभ रक्त समुह भएका गर्भवती आमाहरू जस्को गर्भमा रहेको बच्चा पोजेटिभ रगत भएकालाई जोखिम नहोसभनेर दीईन्छ । यदी यो औषधी नदिने हो भने, आमाको रातो रक्त सेलले बच्चाको रक्त सेललाई टुक्रा टुक्रा पार्थ्यो र नव सिसुको दिमागमा समस्या, पोलिओ अथवा जन्डिस हुन सक्छ । मानवरगतमा पोजेटिभ र नेगेटिभ समुह हुन्छ । यसले जीवनमा फरक पार्दैन । पोजेटिभ रक्त समुहको रातो रक्त कोशीकाको सतहमा प्रोतिन हुन्छ तर नेगेटिभको सतहमा हुँदैन । यस्तो अवस्थामा नेगेटिभरगत समुह भएको गर्भवती आमाको रगतमा भएको रक्षात्मक समुहले बच्चामा भएको पोजेटिभ रातो रक्त कोशीकामा रहेको प्रोटिनलाई आगन्तुक शत्रु ठानी आक्रमण गर्छ । त्यसैले बच्चाकोपोजेटिभ रक्तसेललाई बलियो बनाउन ई-डी इम्युनोग्लोब्लिन औषधि दिने गरिन्छ ।

जेम्सको आफ्नै छोरी ट्रासी मेलोशिपलाई पनि यस्तै भएर जेम्सको प्लाज्माबाट बनेको औषधी दीइेको थियो । अहिले बच्चा र आमा दुइ स्वस्थ छन

जेम्सले बिभिन्न समयमा संचारकर्मीसँग कुरा गर्दा ‘मैले रक्तदान जस्तो राम्रो कामलाई कहिले पनि रोकिन’ भनेका छन ‘सायद मेरो प्रतिभा भनेकै रक्तदान गर्नु हो’ । अष्ट्रेलियन रेडक्रसले जेम्सलाईपृथ्वी ग्रहकै सर्बाधिक रक्तदाताको रुपमा चित्रण गरेको छ । जेम्सले सधैं आफुलाई अरु जस्तै सामान्य रक्तदाता नै ठानी रहे । जेम्सको निस्वार्थ मानविय सेवाको लागि ‘सुनौला पाखुरा भएकोमानिस’ उपनाम र अष्ट्रलियाको मेडल अफ द अर्डरले सम्मानित भए । जिनिज बुक अफ वोर्ल्ड रेकर्डसले पनि जेम्सलाई सर्बाधिक प्लाज्मा दाताको रुपमा नाम लेखेको छ ।

जेम्सले ‘मैले प्लाज्मा दान गर्नु अनिवार्य प्रतिबद्धता हो’ भनेका छन । जेम्सले मे ११, २०१८ मा ब्लड बैन्क जादा अब म ८१ बर्षको भए,यो मेरो अन्तिम रक्तदान हो,  अब म रक्तदान गर्न पाउन्दिन भने ।जेम्सले अन्तिम पटक ११७३ औ प्लाज्मा दान आफ्ना रक्तदाताहरुलाई मेरो दानको रेकर्डलाई ब्रेक गर्न आव्हान गरेका थिय । त्यस पछी उनका शुभचिन्तकहरुले ‘हामी उनको दया फेरी कहिल्यै देख्नसक्दैनौ’ भनेर दुखी भए । त्यतिखेर ब्लड बैन्कका अधिकारिहरुले आफ्ना सबै रक्तदाताहरुमा जेम्सको जस्तै नियमित रुपले रक्तदान गरिरहन आव्हान गरेका थिय ।

तल प्रतिकृया दिनुहोस