Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधी

आमस्टारडाममा गुरुङ्ग ल्होछार मनाइयो

गुरुङ्ग समाज नेदरल्याण्डद्धारा आयोजित तमु ल्होछार कार्यक्रम गत सोमबार आमस्टारडाममा भव्यताका साथ संपन्न भएको छ । गुरुङ्ग समुदायको भाषा, संस्कृति र सभ्यतालाई संवद्र्धन तथा जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । समाजका अध्यक्ष प्रेमसिङ्ग गुरुङ्गले समाजको निमन्त्रणालाई स्विकार गरेर उपस्थित हुन भएका प्रमुख अतिथी, विशिष्ट अतिथीहरु र कार्यक्रमलाई भव्य रुपमा संपन्न गराउन अहोरात्र खट्ने समाजका सदस्यहरु, व्यवस्थापन समिति, आर्थिक समिति र खानपिन लगायत आर्थिक सहयोग, स्वयमंसेवक सवैलाई धन्यबाद दिनु भएको छ । सवै संस्कृति र सभ्यताहरुको जगेर्ना गर्न सके राष्टियता बलियो हुने बताउदै आपसी सहयोग, सहिष्णुता र समन्वयका साथ नेपाल र नेपाली समुदायको हितका लागि अगाडि बढ्नु पर्ने बताउनु भयो

। एनआरएन आइसीसी सचिव जानकी गुरुङ्गले प्रमुख आतिथीको आसनबाट बोल्दै कार्यक्रममा शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र पराम्पार हराए मान्छे (जाती) सभ्यता हराउने बताउनु भयो । कार्यक्रममा पर्यटनदुत केशव पाण्डे, एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा, एनआरएन आइसीसीद्धय नारायण आर्चाय, हिमाल गूरुगं, जनसंपर्क समितिका अध्यक्ष पदम बहादुर क्षेत्री, तमु समाज बेल्जियमका जिवन गुरुगं, भुटनिज समाजका राम कार्की, एनएसएन लगायतका शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्घाटन अध्यक्ष प्रेमसिङ्ग गुरुङ्ग र प्रमुख अतिथी जानकी गुरुङ्गले संयुक्त रुपमा पानस प्रजज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली तथा गुरुग राष्टिय गितहरु समेत बजाइएको थियो । कार्यक्रमलाई भव्य रुपमा संपन्न गराउन समाज भित्र र बाहिरबाट उत्साहजनक आर्थिक सहयोग प्राप्त भएको र उक्त रकमबाट समाजको निर्णय पश्चात नेपालमा कुनै परोपकारी काममा खर्च गरिने कोषाध्यक्ष रेशम गुरुगंले बताउनु भयो । कार्यक्रममा नेपालका ख्याति प्राप्त गायकद्धय नरजंग गुरुङ्ग, गणेश गुरुङ्ग र स्थानिय कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा गुरुङ्ग समुदायको भेष, भुषा र खानपिनको व्यवस्था समेत गरिएको थियो । साँस्कृतिक कार्यक्रमको अन्त्यमा नेपाली डिजे समेत गरिएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण गुरुङ्ग, औपचारकि कार्यक्रममको संचालन महासचिव शिव गुरुग र साँस्कृतिक कार्यक्रमको संचालन आशा गुरुङ्ग र राजु गुरुगंले गर्नु भएको थियो । ल्होछार कार्यक्रम अत्यन्तै भव्य र सभ्य रुपमा संपन्न भएको र स्थानिय नेपाली संघसंस्था र समुदाय करिव चार सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा तमु समाज बेल्जियमका अध्यक्ष लगायत पदाधिकारीहरु र फ्रान्सबाट समेत उपस्थिती रहेको थियो

Click here for the more fotos

http://www.mozgar.com

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!