Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷०७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय मुद्राकोषले समेत आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने बताएकाले मुलुको आर्थिक अवस्था सकारात्मक दिशामा अघि बढेको बताए ।  उनले मूल्यवृद्धि ४.२ बाट ३.७ मा सीमित गरेको दावी गरे ।
त्यस्तै प्रधानमन्त्रीले सरकारी खर्च ३४ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा सीमित गरेको जानकारी दिए । उनले देशमा गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको दाबी गरे ।

ओलीले भने, ‘गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो । यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको छ ।’
राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको जानकारी दिए ।

कुल वैदेशिक सहयता १ सय ६२ दशमलब ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले बताएका छन् । उनले सामाजिक सुरक्षाभत्तामा समेत वृद्धि भएको बताए ।

प्रधानमन्त्रीको सम्बोधन जारी रहेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!