अन्तरराष्ट्रियहेडलाइन

इथियोपियान बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी : इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटना भएको छ ।


बीबीसीका अनुसार विमानमा १ सय ४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेका थिए ।
उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको हो ।
विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । दुर्घटनामा भएको हताहतीबारे उसले केही उल्लेख गरेको छैन ।

सो विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ ।’
‘दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना’ भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!