Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

इनास नेदर्ल्यन्द्सको अध्यक्षमा निशान सापकोटा सर्बसहमत निर्वाचित

बेद राम कंडेल आमस्ट्रडम,

नेपाली भाषा, साहित्य र सस्कृतिको सम्रक्षण, प्रबर्धन साथै कला सास्कृतिक कार्यक्रममा सकिर्य सस्था इनास नेदर्ल्यान्द्सको दोश्रो महाधिबेशन सर्बसहमत निशान सापकोटाको अध्यक्षतामा सम्पन्न भयो । उक्त बेलाले उपाध्य्क्षय – चन्दना खड्का, महासचिब-राजु क्षेत्री, कोशाध्य्क्षय -कबिना खड्का, सदस्यहरु- धिरेन खड्का, बिबेक गौतम, रेसोनिका कंडेल, पूजा सुब्बा, आर्टिस कोर्डिनेटर -चन्द्र क्षेत्री र टेक्निकल कोर्डिनेटर -आकाश थापा निर्वाचित गरेको छ । संघको कार्यसमितीमा बिदेसी भुमिमा जन्मियका तथा सानै उमेरमा बुवा आमा सँग प्रदेशियका नेपाली युबा युबतीहरुकै सकृयाता र सहभागीता रहेको छ । यि युबा युबती हरु स्थानिय खेल्कुद, सास्कृतिक कार्यक्रम तथा सामाजिक काम तथा नेपालको पर्यटन प्रबर्धनमा सकृय भूमिका निभाउदै आएका छन भने आगामी दिनहरुमा अझ धेरै भन्दा धेरै नेपाली मुलका युबा युबतीहरुलाई सहभागीता गराई उनिहरुले सिकेको सिप ज्ञान लाई नेपाल सँग जोडने बहुउदेश्य तथा भर्मण बर्ष २०२० सफल बनाउने प्रमुख काम नब निर्वाचित अध्यक्ष सापकोटाको प्राथमिकता नै रहेको बताउनु भयो । आगामी दिनहरुमा यहाँ रहेका बिभिन्न संघ सस्थाहरु सग सहकार्य गरदै सामाजिक काममा सकारात्मक साथै रचनात्मक कामहरु गर्दै जानु पर्नेमा सहभागीहरुको विश्वाश रहेको छ । नब निर्वाचित अध्य्क्षय एक सफल युबा उद्ध्यमी हुन । इनास अन्तरराष्ट्रिय सदस्य कार्यक्रमका प्रमुख अतिथी -बिबेक गौतम अतिथिहरु – नेदर्ल्यान्द्सबासी विद्यार्थी ब्यबसायी कलाकार सामाजिक अभियानता साथै नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । मन्तब्यमा सबैले युबाहरु बाट नेपाली समुदायले धेरै सामाजिक कार्यको आशा गरेको बताएका छन । यिनिहरुले सिकेको ज्ञान सिप लाई एक आपसमा सेयर गरेर सबै बिग्यहरु सँग हातेमालो गरी अगाडि बडयो भने अबस्य यस समितिले पाएको २ बर्शे कार्यकालमा धेरै काम गर्न सकिने प्रबल सम्भावनाहरुका बिश्यमा छलफल गरिएको थियो ।

निबर्तमान अध्यक्ष सरिता हुमागाई लाई इनास गोलोबल प्रतिनिधि सब्र्सहमत सभाले छनोट गरेको छ । सस्थाको आगामी बैठकमा समितीलाई आवश्यकता अनुसार कार्य समिती थपिने छ भने समितिलाई बिभिन्न कामको जिम्मा तथा नयाँ कार्य बिभाजन, सल्लहाकारहरु गठन गरिनेछ । इनास युरोपका धेरै देशहरुमा बिस्तार भईरहेको छ भने बिभिन्न देशहरुले सास्कृतिक एकल गायक न्रित्य प्रतियोगिता पनि सहभागी भईरहेका छन । यस्ता रचनात्मक कार्यक्रहरुले नयाँ युबा पुस्तालाई नेपाल सँग जोडन मद्दत पुग्ने हुनाले यस्ता कार्यक्रमहरुमा सधैं सहयोग हुने प्रमुख अतिथी बिबेक गौतम ले जनाउनु भयो । अन्य देशहरुमा नयाँ समिती बनाउने क्रम बद्दडो रहेको जनाउनु भयो ।

शनिबार ५ ओक्टोबर २०१९ का दिन साधारण सभा तथा महाधिबेशन सरिता हुमागाई को अध्य्क्षयता सम्पन्न भएको थियो । अन्तमा हिन्दु धर्मलम्बी हरुको महान चाड बडा दशैको शुभकामना तथा चियापान कार्यक्रम सहित अधिबेशन सम्पन्न गरियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!