Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

इनास नेदर्ल्यान्दसले १०० विद्यार्थीलाई बिद्यालय पोशक बितरण सम्प्न्न

इनास नेदर्ल्यान्द्सले खैरहनी नगरपालिका वडा नं. १० शान्तिबजारमा रहेको राष्टिय आधारभुत बिद्यालयका १०० बिधार्थी लाई नि शुल्क बिधालय पोशाक बितरण गरेको छ् । एक दशक देखी कर्म थलो नेदर्ल्यान्द्स बनाएका बयबसायी निशान सापकोटाले आफु नेपाल बिदामा गएको बेला राष्टिय आधारभुत बिद्यालयका बिध्यार्थी लाई ५० हजार रकम बराबरको बिद्यालय पोशाक कपडा सहयोग गरेका हुन । बिधयालय लाई राप्ती जेसिजले पटक पटक सहयोग गर्दै आईरहेको छ भने यस पटक पोशक बितरणको सम्योजन राप्ती जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश सेढाईले ले इनास नेदर्ल्यान्द्स सँग सम्योजन भूमिकागर्नु भएको थियो ।

सापकोटाले आफ्नो जन्मथलोको सामाजिक सास्कृतिक शैक्षिक स्वास्थ्यसेवामा सहयोग गर्दै आईरहेको र भोलिका दिनहरुमा पनि निरन्तर गरी रहने मन्तब्य राखनु भएको थियो । कार्यक्रममा समाजका बुढीजिबी अभिभाबक बिद्यालय ब्य्बस्थापन समिती साथै एन आर एन ए नेदर्ल्यान्द्सका कोशाध्य्क्ष खेम सापकोटा र ब्यबसायी रत्न देबी सापकोटा को उपस्थिती रहेको थियो । बक्ताहरु समाजसेवी मुरलीप्रसाद गजुरेल बिद्यालय ब्यबस्थापन समिती विद्यार्थी अभिभाबकहरुले सपकोटाको प्रसम्शा साथै सहयोगको लागि धन्यवाद दिनु भएको थियो । भने सापकोटाले बिधायलयको गुणस्तरीय शिक्षामा बिध्यालय र अभिभाबक बिच सामन्वयन गर्न जोड दिनु पर्ने बताउने भएको छ् । आफ्नो जन्मथलोको सामाजिक सास्कृतिक शैक्षिक स्वास्थ्यसेवामा सहयोग गर्दै आईरहेको र भोलिका दिनहरुमा पनि निरन्तर गरी रहने आफुले सिकेको सिप ज्ञान र पुजी नेपालमै लागानी गर्ने बताउने भएको छ कार्यक्रममा राप्ती जेसिजका कार्यकारिणी अध्यक्ष बुद्धिराम कँडेल, वडा सदस्य पदम बहादुर चौहान, बिद्यालयका प्रधानाध्यापक लेखराज धरेल लगायतले बोलेका थिए । यसैबीच सोहि कार्यक्रमका बीच समाजसेवी मुरलीप्रसाद गजुरेलले बिद्यालयमा निर्माण गरिएको सहयोग कोषका लागि १५ सय रुपैया सहयोग गरेका छन । विद्यार्थीको सहयोगका लागि बिद्यालयले कोष स्थापना गरेको प्रधानाध्यापक धरेलले बताए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!