Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासहेडलाइन

इनास युरोप स्तरीय सातौँ नृत्य तथा चौथौ गायन प्रतियोगिता भव्य रुपमा सम्पन्न

अन्तरास्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा यूरोप स्तरिय नृत्य तथा गायन प्रतियोगिता बेल्जियममा भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पहिलो दिन शनिवार मार्च ३० मा संस्थाको युरोपियन समितिको बैठक, प्रगती प्रतिवेदन र छलफल र साँस्कृतिक कार्यक्रम भएको थियो भने दोस्रो दिन ३१ तारिख सातौ नृत्य तथा चौथौ गायन प्रतियोगिता भएको थियो।

कार्यक्रमको प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा हुनुहुन्थ्यो। विशिस्ट अतिथीहरुमा एनआरएन केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन केन्द्रिय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, आईसीसी सद्स्य पदम गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल,एनआरएन नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, एनआरएन जर्मनी अध्यक्ष बिजय मोक्तान लगायत बिभिन्न नेपाली एबम बेल्जियन संघ संस्थाका प्रतिनिधिहरु हुनु हुन्थ्यो । इनास ग्लोबल अध्यक्ष पुष्प बरुवाल, युरोप सन्योजक अर्जुन काफ्ले, इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठ र सपूर्ण कार्यसमितीका पदाधिकारीहरूको उत्कृष्ट ब्यब्स्थापनमा भएको कार्यक्रमको सन्चालन ज्योती भट्ट, सोफिया महर्जन कार्की, देवश्री कोइरालाले गर्नु भएको थियो। कार्यक्रममा निर्णायक मण्डलका रुपमा  शर्मिला बर्देवा, चरण प्रधान, सपन कुमार राई , साहजाद हाऊसम्यान जर्मनी, शान्त कुमार थापा मगर, बिष्णु क्षेत्री रहेका थिए ।इनास युरोपको सकृय युवा पुरुस्कार बेलायत निवासी बिनोद चिपालुलाई प्रदान गरिएको छ ।

हरेक बर्ष आयोजना गरिने यूरोप स्तरिय प्रतियोगितामा यस बर्ष एघार देशहरुबाट चेक रिपब्लिक, फ्रान्स, जर्मनी, स्पेन, फिनल्याण्ड, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, डेनमार्क, बेलायत, इटाली र बेल्जियमबाट प्रतियोगीहरुको सहभागिता रहेको थियो। नृत्यमा पन्ध्र जना र गायनमा एघार प्रतियोगिले भाग लिएका थिए । दुवै तर्फका प्रतितियोगीहरु एक लोक गित र एक आधुनिक गितमा आफ्नो प्रस्तुति दिनु पर्ने थियो। गायन विधातर्फ डेनमार्कका रविन दाहाल विजयी भएका छन् भने फष्ट रनरअपसमेत डेनमार्ककै सन्तोष लामिछानेले जितेका छन्। बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप जित्न सफल भए।  यस पटकको प्रतियोगितामा नृत्यतर्फ सयुक्तरूपमा बेल्जियमका मिङ्ग्मा शेर्पा र रस्किन दाहाल विजयी बने। फष्ट रनरअप जर्मनीकी देवकी मगर बनिन् भने सेकेण्ड रनरअप नेदरल्याण्डकी अन्जिला रोका बनिन्।

 

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!