प्रबास

एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कम्पाला , युगान्डा,गैरआबासिय नेपाली  संघको तेस्रो अफ्रिका क्षेत्रीय  बैठकको सबै तयारी  युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ ।आयोजक रास्ट्रएनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९- ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।                              
बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजि  क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक बिकास र नेपाल सँग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।            
गैर आबासिय नेपाली बिज्ञहरु द्वारा अफ्रिकाका ठुला बिकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथी समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या ,श्रम स्वीकृति र पासपोर्ट नविकरण , दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलले बताउनु भयो ।                                                  
बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल समेत संघका अन्तरास्ट्रिय समितीका अध्यक्ष लगाएत पदाधिकारीहरुको उपस्थिती रहने जानकारी संघका पुर्ब आइसीसी सदस्य जीबनाथ पगेनीले जानकारी गराउनु भयो ।  मुल कार्यक्रम  बाहेक नेपाली , युगान्डीयन र अफ्रिकिन  सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी पनि त्यहा सम्पन्न हुनेछ  ।
बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!