Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबास

एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा विश्वास पौडेल

लेगोस , नाइजेरिया  । एनआरएनए नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लाग्नु भएकोले बाकी कार्यकालका लागि  बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षमा चयन गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघका उपाध्यक्ष  थिए ।                                        
 
त्यसैगरी संघले यहीँ डिसेम्बर २९-३० , २०१८ मा युगान्डाको कम्पलामा आयोजना  हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय  गरेको छ । त्यसै गरि एनआरएनए अन्तरास्ट्रिय समितीले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरिया बाट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकेको छ । 
 
यस अघि एनआरएनएको अन्तरास्ट्रिय  समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली ,मकवानपुर , खोटाङ , सुनसरी र रसुवामा  पाच वटा जिल्कामा  परियोजना सम्पन्न गरिसकेको संघ ले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा  यथाशीघ्र सम्पन्न गर्ने निर्णय  गरेको छ । 
 
संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष  हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!