Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

एनआरएन आइसीसीको युवा संयोजकमा हिमाल गुरुङको उम्मेदवारी घोषणा

नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको युवा संयोजकमा नेदरल्याण्ड्सका हिमाल गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

हिमाल गुरुङ एनआरएन नेदरल्याण्डस्का अध्यक्षको नेतृत्व गरिसकेका व्यक्ति हुन् । उनी हाल एनआरएन आइसीसी सदस्य हुन् ।

नेपालको अत्यन्त रमणीय ठाउँ कास्कीको पोखरा पुख्र्यौली थातथलो रहेको गुरुङको सामाजिक जीवनको सुरुवात नेदरल्याण्ड्सबाटै भएकाले उनले आफ्नो उम्मेदवारी घोषणा समेत नेदरल्याण्ड्सबाटै गरेका छन् ।

आफ्नो कार्यकालमा सबैभन्दा कान्छा अध्यक्ष रहेका गुरुङ नेदरल्याण्ड्समा गैरआवासीय नेपाली संघको अध्यक्ष हुँदा गरेका कामहरुका कारण अझै चर्चित छन् ।

‘ग्लोबल्ली एनआरएन’मा पनि सामाजिक सम्बन्ध अत्यन्तै मजबुत बनाएका गुरुङ युवा संयोजकका लागि अत्यन्तै योग्य र सक्षम उम्मेद्वारको रुपमा चर्चा हुन थालेको छ ।

युवा संयोजकका प्रत्यासी गुरुङले विषेश गरेर दोश्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मूलप्रवाहमा समाहित गराउने मुख्य एजेण्डा अघि सारेका छन् ।

सञ्चार तथा प्रविधिमा दोश्रो पुस्ताका एनआरएनहरुले आर्जेको सीप तथा नेपालमा सदुपयोग तथा परिचालन गरी संवृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताए ।

एनआरएनका अग्रजहरु तथा विभिन्न देशका मित्रहरुले आफूलाई युवा संयोजक सहयोग गर्ने आश्वासन तथा सल्लाह दिएका कारण पनि आफू उत्साहित भएको उनी बताउँछन् । उनी भन्छन्, ‘मलाई सबैको साथ छ, म सफल हुनेमा ढुक्क छु ।’

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!