Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

एन.आर .एन.ए,म्याड्रिडको प्रथम गृष्मकालिन वनभोज तथा जमघट कार्यक्रम-२०१९ सम्पन्न

(सागर भोटे ,म्याड्रिड,स्पेन)।एन आर एन ए ,म्याड्रिडले ७,जूलाईमा प्रथम‌ पटक गृष्मकालिन वनभोज(वारविक्यु))तथा जमघट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।नेपाली नेपाली बीच अझ बढी भाइचारा अभिवृद्धि गर्ने,वर्षे विदामा टाढा नगएकाहरुलाई एकदिने कार्यक्रम भएपनि म्याड्रिडबाहिर लगेर विदाको अनुभूति गराउने ,वारविक्यु साथै जल कृडा गर्ने अवसर सृजना गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यो प्रथम‌ कार्यक्रम‌ हो । ‘आहो !कति राम्रो ठाउँ पो रहेछ।वन जङ्गल ,हरियाली द्रिश्य,चराचुरुङ्गीको सुमधुर आवाज,कलकल बग्ने खोला र यतिका धेरै नेपालीहरु जम्मा भएको देख्दा त मलाई,म नेपाल मै छु कि जस्तो भन्ने आवास मिल्यो।’-उपस्थित एक जना आमाले हामीलाई भन्नुभएको थियो ।

उक्त जमघटको अवसरमा परिचयात्मक कार्यक्रम,घैंटो फुटाई,दोहोरी-ब्याटलको रोमाञ्चकारी खेलहरु खेली सहभागिलाई मनोरञ्जन प्रदान गरिएको थियो ।आयोजित घैंटो फुटाई खेलमा महिला तर्फ मुना लोप्चन साथै पुरूष तर्फ जीवन प्रसाई विजय भएका थिए।विजेताहरुलाई riti.collection(Instagram)द्वारा गिफ्ट प्रदान गरिएको थियो ।

” वनभोज कार्यक्रममा उपस्थित महानुभावहरुको मुहार खुशी र उमङ्ग देख्नु नै यस कार्यक्रमको सफलताको गवाही हो”कार्यक्रम संयोजक(महिला संयोजक )सनिसा गुरुङ्गले बताउनु भएको भियो । यस कार्यक्रमको स्थल म्याड्रिडबाट झण्डै ७० किलोमिटर पर्ने ‘ला पानेर दे सेगोभिया’छनोट गरिएको थियो ।

जहाँ वारविक्यु गर्न र अन्य विविध खेलहरुको साथै प्राकृतिक वनविहार गर्ने व्यवस्था भएकोले सबै सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्यो।वनभोजमा यात्रा गर्नको लागी एउटा ठूलो आरामदायी बसको व्यवस्था गरिएको थियो भने केही परिवार आफ्नै गाडीमा गएर सहभागी भएका थिए ।यसरी कार्यक्रममा बालबच्चा गरि ६३ जनभन्दा बढीको सहभागिता रहेको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!