द्रोण रिजाल , नेदरल्यान्ड्स.
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम यहि अक्टुबर २९ तारिखका दिन सम्मपन्न भएको छ | बेनलक्स का लागि महामहिम नेपाली राजदुत श्री लोक बहादुर थापा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा अतिथि हरु क्रमस: केन्द्रीय उपाध्यक्ष कुमार पन्त , केन्द्रीय सदस्य नारायण आचार्य ,पुर्व आइ सी सी सदस्य तथा बिधान संसोधन समितिका संयोजक श्री राम कंडेल सहित विभिन्न संघ संथा का अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो | गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदले नेपालमा रहेका सम्भावनाहरुको खोजी गरि राज्यको सम्ब्रिधि का लागि लगानी गर्न र सम्बन्धित देश संग समन्वय गरी लगानीका अवसरहरु आफ्नो देशमा भित्राउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो | ख्याती प्राप्त कलाकारहरुको बेजोड सांकृतिक प्रस्तुति संगै सम्पन्न कार्यक्रममा नेदरल्यान्ड्सबासि नेपाली आमाबुवा,दिदीबहिनी तथा दाजुभाइहरुको बाक्लो उपस्थिति थियो | एन आर एन ए नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा को अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिब को प्रतिबेदन र आर्थिक प्रतिबेदन क्रमसः महासचिब जितेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष मिम पुर्जा ले पेस गरेका थिए भने बिधान संसोधन समितिका संयोजक श्री राम कंडेल र सदस्य धन कुमार बोहरा ले संसोधित बिधान साधारण सभामा प्रस्तुत गरेका थिए | आमंत्रित उपस्थित महानुभाबहरुलाई संघका उपाध्यक्ष भिम रोक्काले स्वागत गर्दै कार्यक्रमलाइ सहयोग पुर्याउनुहुने सहयोगी दाताहरुलाई संघकी सचिब शान्ति थोकरले धन्यबाद दिएकी थिइन भने कार्यक्रमको संचालन महासचिब जितेन्द्र कुमार श्रेष्ठले गरेका थिए |

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस