भोली जुन १० तारिका आईतबार हुन गैइरहेको बार्बिक्यु को लागी सबै लाई उपस्थित हुन को निम्ती एन आर एन ए महिला फोरम्, नेदर्ल्यण्ड्सका सचिब शान्ति घले को सबैलाई उपस्थित हुनको लागि बिनम्र अनुरोध । यो बार्बिक्यु कार्यक्रममा उपस्थित जती पनि पहुना हरु हुनु हुन्छ सबैलाई निशुल्क प्रबेश रहने जानकारी सचिब घले बताउनु हुन्छ ।

गैर आवासीय नेपाली महिलाहरुको हकहित, अधिकार्, नेपाली कला र संस्कृतिको प्रबर्धन तथा डच सम्कृती सँग पनि के कसरी समायोजन हुन सकिन्छ भन्ने उद्देश्यले महिला फोरमको स्थापना भएको हो। एन.आर.एन. नेदरल्याण्ड्सकी वर्तमान महिला संयोजक अर्चना पाण्डे, सचिब सान्ती थोकर तथा उप-संयोजक राधादेवी शर्माको बिशेष सक्रियतामा र अग्राज महिला ब्यक्तित्वो को पनि साथ र समर्थन ले यो महिला फोरम अघि बढेको छ। यती मात्र नभै फोरमले बालबालिका, महिल तथा पुरुष सबैलाई नेपाली भेष-भुषा, कला, संगीत, भाषा, संस्कृति सिक्ने र सिकाउने माहोल पनि सृजना गर्ने र यो अभियान लाई सफल पार्न को निम्ती सबै को साथ र सहकार्य पाउने कुरामा विश्वस्त रहेको बताउछन संयोजक अर्चना पाण्डे ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस