द्रोण रिजाल , नेदरल्यान्ड्स |

   यहि अक्टुबर २९ तारिख सोमबार का दिन गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले भब्य सांस्कृतिक कार्यक्रमका साथ बिजया दशमी, तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने भएको छ | उक्त दिनलाई लक्छित गर्दै एन आर एन नेदरल्यान्ड्सले वर्ष भरि गरिएका क्रियाकलाप र आर्थिक बिवरणहरु साधारण सदस्यहरुलाई जानकारी गराउने उदेश्य सहित बार्षिक साधारण सभा समेत गर्ने संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि ) ले जानकारी गराए | ख्याती प्राप्त दोहोरि कलाकारहरु क्रमस: मेकस्हम खाती छेत्री , सरिता कार्की ,केश माया पुन र लाली बुढाथोकी को बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा नेदरल्यान्ड्सबासि नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिसकिएको एन आर एन नेदरल्यान्ड्सका  महासचिब जितेन्द्र कुमार श्रेष्ठ ले जानकारी गराए |

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस