Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीहेडलाइन

एन आर एन नेदरल्यान्ड्सले सेप्टेम्बरमा अधिबेशन गर्दै

द्रोण रिजाल , नेदरल्यान्ड्स |
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले आगामी बर्ष २०१९-२०२१ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उदेश्यले सेप्टेम्बर ८ तारिखका दिन अधिबेशन गर्ने भएको छ | नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा एक मात्र मतदान केन्द्र रहनेगरी गर्न लागेको अधिबेशनका लागि नयाँ सदस्यता खुलाउने संघको १३औ बैठकले निर्णय गरेको हो | गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सका अध्यक्ष श्री  ठाकुर प्रसाद शर्मा (मनोहरि )को संयोजकत्वमा सदस्यहरुमा क्रमस : आइ सी सी सदस्य श्री   नारायण प्रसाद आचार्य र श्री हिमाल गुरुङ , महासचिब श्री जितेन्द्र कुमार श्रेष्ठ , कोषाध्यक्ष श्री मिम पुर्जा रहने गरि ५ सदस्यीय  छानबिन समिति गठन गरेको छ | नयाँ सदस्य बन्नका लागि जुन १६ देखि अगष्ट ८ तारिख सम्म समय  राखिएको संघका महासचिब श्री जितेन्द्र कुमार श्रेष्ठ ले बताएका छन् |

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!