Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

ओलीले सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
‘यो बुढाबुढीको भलो चिताउने सरकार हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसपालीको बजेटमा वृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।’

प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए ।

‘पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे’ प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । वृद्धवृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए ।
प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताए ।

त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताए ।

‘हामी नेपाललाई केही वर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउँदैछौं’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरेका छन् ।

यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोल्नु भएको छ । उनीहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!