अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय निर्वाचनको मिति मात्र ११ दिन बाँकी छ । अनेसासको विधान अनुसार केन्द्रीय निर्वाचन समितिले आफ््नो काम धमा धम गरिरहेको छ भने अवको नेत्रुत्वका बारेमा आन्तरिक रुपमा साहित्यका महारथिहरु कम्मर कसेर लागेका छन्् ।
निर्वाचन समितिले २५ जून २०१८ मा प्रकाशित गरेको अनेसासका आजीवन सदस्यहरुको नामावलीमाथि दावी विरोध रुजु गर्ने मिति हिजो सकिए सँगै निर्वाचन समितिले तिव्र रुपमा आफ््नो काम गरिरहेको छ । अवको केहि दिन अर्थात आगामी २९ जून २०१८ मा निर्वाचन समितिले आजीवन सदस्यहरुको अन्तिम नामावली प्रकाशित गर्दै छ ।
अन्तिम नामावली प्रकाशित हुनु भन्दा अगाडी प्रकाशित गरिएको सदस्यहरुको सँख्यामा भने प्रश्न चिन्ह खडा भएको छ । अनेसासको विगतमा भनिए अनुसार करिव १२ सय सदस्य आवद्ध छन भनिएको थियो तर निर्वाचन समितिले प्रकाशित गरेको रेकर्ड अनुसार २०१६ मा अनेसासका आजीवन सदस्यहरु १००१—१६३३ जना सदस्यहरु थप भएको देखिन आउँछ भने २०१८मा २००१—२४३६ जना अनेसासको नयाँ सदस्यहरु बनेको रेकर्ड सार्वजनिक भएको छ अव प्रश्न १००१ भन्दा अगाडीका सदस्यहरु कहाँ गए ? २०१६ भन्दा अगाडी आजीवन सदस्य बनेकाहरुको नाम पनि यही भित्र पर्छ कि उनीहरुको नाम र सँख्या अन्य कतै रेर्कड गरिएको छ ? यसर्थ यस्को वास्तविकता अनेसासका केन्द्रीय समितिका सदस्यहरुले प्रस्ट पार्नु जरुरी देखिन्छ ।
यसरी निर्वाचन समितिको रेकर्ड अनुसार मान्य हो भने अनेसासमा जम्मा १०६७ जना मात्र आजीवन सदस्यहरु रहेको प्रस्ट देखीन्छ भने क्रम सँख्याको आधारमा भन्ने हो भने २४३६ देखिन आउँछ अब, अनेसासको वास्तविक आजीवन सदस्य सँख्या कति हो ?
हरेक दुई वर्षमा निर्वाचन हुन्छ । नेत्रुत्व हत्याउन र आफ््नो चुरिफुरी प्रदर्शन गर्न मरिहत्ते गर्ने महान साहित्यकारहरुज्यूहरु अनेसासलाई प्रयोग गर्दै आफ््नो ब्यक्तिगत रबाफ मात्र प्रदर्शन गर्ने कि सँस्थागत विकास,नेपाली भाषा,साहित्य तथा कला र सँस्कृतिका लागि केही योगदान पनि दिने ? यो प्रश्न आफैमा तितो छ तर विगतका हर्कतहरुले गर्दा यो वास्तविकता पनि हो यसर्थ यो प्रश्नले तेस्र्याएको तिरले कति लाई च्वास्स घोच्न पनि सक्छ भने कतिलाई खुच्चिङ्ग पनि हुन सक्छ तर वास्तविकतालाई न त मैले नै नकार्न सक्छु नत तपाँईहरुले नै ?
यसर्थ आगामी २ वर्षे कार्यकालका लागि फेरि पनि निर्वाचनको मिति तोकिसकिएको छ ,अव कस्तो नेत्रुत्वलाई अनेसासको चावी छोड््ने भन्ने विषय तर्फ छोटो बहस गरौँ ।
सृजनामा रमाउनेहरु नै वास्तविक साहित्यकार हुन । म पनि यहि उक्तिलाई सर्वमान्य ठान्छु र सवैले यो मान्यता पनि राख्नु पर्छ । सृजना र सँस्था भन्नेकुरा अलि फरक विषय हुन । सृजना बेलगाम कुद््न सक्छ भने सँस्था बेलगाम चल्न सक्दैन किनकी सृजना एक्लैका लागि सृजित हुदैन भने सँस्थाले सम्वन्धित समुहरुको लागि अझ भनौ विशेष लक्षित समुहहरुको ओकालत गरेको हुन्छ अतः एउटा स्रष्टा सृजनामा अब्बल हुन सक्छ तर त्यही स्रष्टा सँस्थामा कमजोर त्यसैले सवै साहित्याकार भन्दैमा उस्ले गर्ने सवै काम राम्रो भन्ने पनि हुदैन भने सँस्थागत नेत्रुत्व क्षमता र सृजना क्षमता फरक पाटो हुन । अतः विगतका अनेसासको नेत्रुत्वको धार यहि दुई धु्रवको एक मिलनको प्रयास स्वरुप सृजित विषयहरु हुन ।
सृजना मात्र गरेर पनि हुदैन स्रष्टाको सृजना बढी भन्दा बढी आम स्रोतामाझ पुग्नु र पु¥याउनुमा सँस्थाको ठूलो भूमिका हुन्छ त्यसैले त एक अर्थमा यि दुई एक अर्काका परिपुरक जस्तो पनि हो भन्न सकिन्छ र मान्नु पनि पर्दछ फेरी यो नै पूर्णता हो भन्नु पनि गलत हुन्छ यस्का बारेमा फरक बहसको विषय हो ।
अनेसासका एक हजार भन्दा बढी आजीवन सदस्यहरुका लागि चासो र चिन्ताको विषय हो भाषा,साहित्यको विकास,विस्तार र प्रबर्धन पहिलो प्रथमिक एजेण्डा हो भने दोस्रोमा सँस्थागत विकास कसरी गर्ने भन्ने हो ? यसर्थ अवको अनेसासको नेत्रुत्वकर्ताले विगतका राम्रा कामहरुबाट अझ राम्रो काम गर्ने उत्साह र जाँगर निकाल्दै र विगतमा गरेका गल्ति कमजोरिहरुबाट पाठ सिक्दै अवको अनेसासको ििहतका लागि परिवर्तित सोँच र विवेकको प्रयोग गर्दै सम्पूर्ण आजीवन सदस्यहरुलाई अनेसासको झण्डामुनी गोलवन्द गर्ने उच्च मनोवल भएको, उर्जाशिल र परिवर्तनको सम्वाहकका रुपमा आफुलाई उभ्याउन सक्ने ईमान्दार र प्रस्ट विचार बोक्ने सृजनामा रम्ने र अरुलाई पनि सुजनासँग खेल्न सिकाउने नेत्रुत्व आजको आवश्यकता हो नकी अराजकता , राजनितिक दम्भ र ब्यक्तिवादी सोँचले ग्रसित भै ईगो साँध्न सँस्थाको नेत्रुत्व हत्याउनका लागि “ माछा भए कुरमा हात, शर्प भए कोखिलोमा हात” गर्ने प्रवृतिभएका ब्यक्तिहरुले अनेसास धरासायी बनाउन उद्धत्त भएका ब्यक्ति र झुण्डहरुलाई बेलैमा चिन्न सम्पूर्ण आजीवन सदस्यहरु चनाखो बनौँ ।
जय सृजना । जय अनेसास ।
वाई बि गुरुङ्ग
अजीवन सदस्य तथा
अध्यक्ष
अनेसास,पोर्चुगल

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस