Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रियहेडलाइन

कर छली आरोपमा ट्रम्पका पूर्व चुनावी संयोजकलाई जेल सजाय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ ।

फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई कैद सजाय सुनाएको हो ।यसअघि अमेरिकाको न्यायिक विभागले २२ महिना लगाएर उनीमाथि लागेका अभियोगबारे अनुसन्धान गरेको थियो ।

युक्रेनलाई राजनीतिक परामर्श दिएबापत आर्जित आम्दानी लुकाएको लगायतका ८ अभियोगमा पाउललाई पछिल्लो गृष्ममा भर्जिनिया अदालतले दोषी ठहर्‍याइएको थियो ।

अवैध पैरवीसम्बन्धी छुट्टै मुद्दामा पनि उनी तानिएका छन् । ट्रम्पले सन् २०१६ को निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न रसियासँग मिलेमतो गरेका छन् कि छैनन् भन्ने सुनुवाइमा उनी तानिएका हुन् । जसमा उनी अर्को साता जेल जान सक्ने बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार म्यानफ्रन्टले जीवनको पछिल्लो २ वर्ष निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!