Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

कलाकार सरिता लामिछानेविरुद्ध उजुरी

नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध उजुरी परेको छ ।

कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आगामी चैत २३ गते हुँदैछ । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।

आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ ।
थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाए । उजुरीका विषयमा आफुलाई पनि जानकारी भएको कलाकार लामिछाने बताइन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!