Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबासमनोरन्जनसमाचारहरु

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालबालिकाको प्रतिभाको यत्रतत्र सर्वत्र -चर्चा परिचर्चा ,खचाखच भिड ऐतिहासिक सफलता

वरिष्ठ लोकगायक प्रेमराजा महत ,जगदीश समाल तथा नलिन चित्रकारलको अद्वितीय प्रस्तुति

विजय थापा, वाशिंगटन डिसी – गत सेप्टेम्बर २८ शनिबारका दिन केसी डान्स सेन्टर द्वारा प्रस्तुत कलिवुड नाइट २०१९ खचाखच भिड हुनुको साथै ऐतिहासिक सफलता हासिल गरेको छ । कार्यक्रम सभाकक्ष खचाखच भिड हुनुको साथै सबै टिकट (स-शुल्क प्रवेश पत्र ) बिक्रि भएको थियो ।

६ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका बालबालिकाहरुले महिनौ दिन सम्म पूर्व अभ्यास गरेर मेहनत र आत्म विश्वास साथ गरेको प्रस्तुति को जति नै गरे पनि प्रशंसा कमै रहन्छ ।

किशोरीहरुले नेपाली गीतहरुमा प्रस्तुत नृत्यहरुको कुनै व्यवसायिक नृत्यांगना /नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो रहन पुगेन । हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुग्येको थियो ।

अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाहरुका आमाहरुको सुपर मम (महा-आमा)हरुको बेजोड प्रस्तुति बिगत बर्ष भन्दा अझ माझिएको थियो । महा आमाहरुको प्रस्तुति को साथै हरेक प्रस्तुतिमा कर्तल ध्वनिले कार्यक्रम स्थल गुन्जायमान हुन् पूग्यो ।

यस पटक वरिष्ठ लोकगायक प्रेमराजा महतले आफ्नो गीत नृत्य सहित प्रस्तुति अद्वितीय रहेको थियो भने वरिष्ठ कलाकार महतलाई कलाकार रिमा केसी तथा अमेरिकामा जन्मेका किशोरीहरुले साथ दिएका थिए ।

कार्यक्रममा न्यूयोर्कबाट आएका चर्चित गायक जगदीश समालले दुई वटा उनका चर्चित गीत प्रस्तुत गरेका थिए भने क्यालिफोर्निया बाट आएकी लोकप्रिय गायिका नलिन चित्रकारले आफ्ना पुराना गीत प्रस्तुत गरेकी थिइन् ।

यसको अतिरिक्त नलिना चित्रकारले सदैव अन्य कार्यक्रममा थुप्रै गीतहरु मिसाएर बनाएको गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन् । यस पटक महा आमाको प्रस्तुतिमा पुरुषहरुले पनि सानो भूमिका निभाएका थिए ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । यस बर्ष पनि कार्यक्रमको शुभारम्भमा दशैँको दुर्गा स्तुति  सामूहिक प्रस्तुति सर्बोत्कृष्ट रहेको थियो ।

यसै गरि केसी डान्स सेन्टरका संचालक द्वय युवा नृत्य निर्देशक नविन केसी र लुना श्रेष्ठले सामूहिक रुप अन्य कलाकारहरु संग प्रस्तुति गरेका थिए । यसै गरि कलाकार राहुल केसी तेजेन्द्र ,प्रख्यात कलाकार यज्ञमा शाक्यले हिमाल ,पहाड र तराईलाई समेट्दै बिभिन्न जातजातिका बिशेष गीतहरुमा अमेरिकामा जन्मेका बालबालिका तथा किशोरीहरुको प्रस्तुति बेजोड रहेको थियो ।

यस पटक मेरिल्याण्डका वरिष्ठ समाज सेवी राम मालाकारले तिहारमा देउसी भैलो प्रस्तुतिमा घर धनि भै भूमिका निर्वाह गरेका थिए र उक्त प्रस्तुतिमा परसु तिमिल्सिनाले तिहार देउसी भैलो भट्याउदा दर्शकले समेत देउसुरे भनि साथ दिएका थिए ।

कार्यक्रम संचालन संचारकर्मी परसु तिमिल्सिनाले गरेका थिए । कलिवुड नाइट २०१९ सकिए पछि दर्शकहरु संग गरिएको प्रतिक्रियामा सबैले अद्वितीय ,मनोरन्जनात्मक ,स्तरीय ,बेजोड प्रस्तुति रहेको बताएका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!