Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आउँदो २१ गते सोमबार देशका सबै जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।


सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै कांग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न पनि सरकारलाई सचेत गराइएको बताए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!