Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा प्रियंका कार्की

एजेन्सी । फ्रान्सको पेरिसमा हुने कान्स फिल्म फेस्टिबलमा पहिलोपटक नेपाली अभिनेत्रीले सहभागिता जनाउने भएकी छन् ।

७२ औं संस्करणको कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा नायिका प्रियंका कार्कीले धुम मच्चाउने भएकी हुन् ।

प्रियंका कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा छनोटमा परेकी हुन् ।

प्रियंकाले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी छिन् । कान्स फिल्म फेस्टिबल २०१९ मा उनी नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा प्रस्तुत हुने भएकी छिन् ।

प्रत्येक वर्ष चर्चित सेलिब्रिटी कार्पेटमा हिँड्दा एकदिन म पनि त्यहाँ हुनेछु भन्दै संकल्प गर्ने गरेको उनले बताएकी छन् । आफ्नो संकल्प अन्ततः पूरा भएको उनले बताएकी छिन् ।

कान्स फिल्म फेस्टिबलमा उनको चार वटा कार्यक्रममा सहभागिता हुनेछ । मे २० देखि मे २४ सम्म कार्यक्रममा सहभागी हुने छिन् ।

हरेक वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने फेस्टिबल अन्तरराष्ट्रिय सेलिब्रिटीका लागि सर्वाधिक चासोको रुपमा हेरिने गर्छ । फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती रहने गर्छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!