प्रिमियर लिगको यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद सालहले गोल्डेन बुट पाउने पक्का भएको छ ।

सलाहले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएपछि गोल्डेनबुटको हकदार बनेका हुन् ।

गएराति ब्राइटनसँगको खेलमा चार शुन्य गोलको जित दिलाउने क्रममा २६ औं मिनेटमा सुरुवाति गोल गरेसँगै सालहको नाममा गोल्डेन बुट पक्का भएको हो । सालहले अहिलेसम्म यो सिजनका सबै प्रतियोगितामा गरेर ४४ गोल गरेका छन् ।

रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सालहले प्रिमियर लिगमा ३२ गोल गरेर सन् १९९५–९६ मा ब्ल्याकबर्नका एलन शिएररले बनाएको कीर्तिमान तोडेका हुन् ।

सालहले प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड, पिएफए वर्ष खेलाडी र फुटबल राइटर्स् एसोसिएसनको वर्ष खेलाडी अवार्ड पनि जितिसकेका छन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस