Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

कोपा अमेरिका : पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । बिहीबार राती भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक–एक गोलको बराबरी खेलेको हो ।

Photo: google

अर्जेन्टिना भन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दाबव बनाएको थियो । ३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए ।

१–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए ।

त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ ।

तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बीको चौथो स्थानमा छ भने ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ ।

यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!