Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

कोपा अमेरिका : पेरु सेमिफाइनलमा

एजेन्सी । कोपा अमेरिकामा पेरु सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई पेनाल्टीमा ५–४ ले हराउँदै पेरु सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टी सुटआउटको पहिलो सट प्रहार गर्दा लुइस स्वारेजको प्रहार विपक्षी गोलकिपरले बचाए ।

उरुग्वेका लागि इडिन्सन कभानी, क्रिष्टियन स्टुआनी, रोद्रिगो बेन्टान्कर र लुकास टोरेइराले गोल गरेका थिए ।पेरुका लागि पाओलो गुरेरो, मानुयल रुइडियाज, भिक्टर योटन, लुइस इड्भिनचुला र इडिन्सन फ्लोरेसले गोल गरेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!