Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधी उपाधि प्रदान

कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ ।

नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा विश्विद्यालयलका पे्रसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएको छ ।

उपाधी ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् । उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।’

प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । ‘कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!