Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

कोरोना भाईरस बिरुद्ध जीवनशैली (lifestyle) परिवर्तन गर्न नेदर्ल्याण्डको आवहान

शशी पौड्याल, नेदर्ल्याण्डस

नेदर्ल्याण्डको १६०० भन्दा बढि चिकित्सक र चिकित्सा विज्ञहरूको टिमले स्वास्थ जीवनशैलीले कोरोना भाईरसको संक्रमणबाट गम्भिर बिरामी हुन बाट जोगाउछ साथै संक्रमित भैसकेकाले भाईरस पराजय गर्न ठुलो मदत पुर्याउने दाबी गर्दै कोरोना भाइरस विरुद्ध औषधि उपलब्ध हुन लामो समय लाग्ने हुँदा डचहरुलाई जीवनशैली परिवर्तन गरि आफु फिट हुन र नेदर्ल्याण्ड सरकारलाई जीवनशैली परिवर्तन अभियानलाई समर्थन गर्न आग्रह गरेका छन ।

कोरोना भाईरस र जीवनशैली रोगहरु (मोटाई, मधुमेह र हृदय रोग) बीचको सम्बन्ध स्पष्ट प्रमाणित भएको देखिएको छ । कोरोना भाईरस बाट मर्ने ७०% ब्याक्तिहरुलाई जीवनशैली सम्बन्धी रोग लागेको नेदर्ल्याण्डको जनस्वास्थ बिभाग (RIVM) ले प्रकासित गरेको छ जसमध्य ४३.५% लाई हृदय रोग र उच्च रक्तचाप थियो भने एक चौथाई लाई टाइप २ को मधुमेह रोग लागेको थियो । जीवनशैली रोगहरू मुख्यतया अस्वास्थ आहार, कम व्यायाम, बढि तनाव साथै अपर्याप्त निद्रा र आरामको कारणले हुने गर्दछ तथापी यस्ता रोगहरु जेनेटिक (वंशाणुगत) पनि हुने हुँदा स्वास्थ जीवनशैलीको महत्व अझ गहन रहन्छ ।

कोरोना भाईरसबाट संक्रमित बिरामीको लक्षण र जीवनशैली को बारेमा विश्वव्यापी अनुसन्धान तिब्र रुपमा हुँदै छन । जीवनशैली बिरामीहरुको प्रतिरक्षा प्रणाली (इम्मुनिटी सिस्टम) संक्रमण हुनु भन्दा पहिला नै कमजोर हुने भएकाले यस्ता बिरामीहरुमा कोरोना भाईरससँग लड्न सक्ने क्षामता कम भएको ठहरिएको छ । नेदरल्याण्डको इनोभेसन सेन्टर फर लाइफस्टाइल मेडिसिएन ईन्स्टिच्युटले एक प्रेस विज्ञप्ती जारी गरि कोरोना भाईरस र जीवनशैली बिरामीहरुको प्रतिरोध (resistance) र मेटाबोलिजम (metabolism) प्रणाली बिच गाडा सम्बन्धमा रहेको र यस्ता बिरामीहरुको प्रतिरक्षा प्रणाली (immunity system) कमजोर भएकाले कोरोना भाईरसबाट धेरैले ज्यान गुमाउनु परेको सार्वजानिक गरेको छ ।

नेदर्ल्याण्डका आइसियु (Intensive Care Unit) मा भर्ना भएका बिरामीहरु मध्य ७० देखि ८०% अत्याधिक वजन र जीवनशैली रोगबाट ग्रस्त बिरामी भएको जानकारी गरिएको छ । साथै मोटाइ (fat) जीवनशैली रोगहरुको प्रमुख कारण हुनाले वजन घटाउन जीवनशैली परिवर्तन गर्नु पर्ने आवस्यकतालाई मनन गरिएको छ । “मुख्यतया पेटको बोसोले सक्रिय रूपमा हार्मोन (hormone)र भौंकाउने पदार्थहरू उत्पादन गर्दछ । पेटको फ्याटले प्रतिरक्षा प्रणालीमा बोझ पैदा गर्दछ जसले भाइरस र ब्याक्टेरियालाई आक्रमण सहज गरिदिन्छ। पेटको फ्याट केहि प्रतिशत घटाउने बित्तिकै प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पर्दछ।”

स्वास्थ आहार, शारिरिक व्यायाम, धुम्रपान, मदिरा, आराम र निन्द्रा जस्ता बिषयलाई गम्भिरतामा राखि नियमितता र अनुशासनको पलाना गर्‍यो भने जीवनशैलीलाई सकारात्मक रुपले परिवर्तन गर्न सकिन्छ । चिल्लो र गुलियो पदार्थ कम गरि मासुको सट्टा माछा, फलफुल, हरियो तरकारी, बट्टमास र बदाम जस्ता परिकारले स्वास्थमा सकारात्मक सुधार ल्याउछ । नेदर्ल्याण्ड सरकारले लकडाउनलाई क्रमिक रुपमा खुकुलो पार्दै लैजाने क्रममा स्वास्थ जीवनशैलीलाई मध्यनजर गर्दै इन्डोर र आउटडोर स्पोर्ट (indoor en outdoor sport) खुला गर्ने साथै स्वास्थ जीवनशैली सम्बन्धी कृयाकलापलाई समर्थन गर्ने जानकारी गरेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!