नेपाल तरुणदल नेदरल्याण्ड्स शाखाको गत शनिवार नेदरल्याण्ड्समा विस्तार भएको छ ।
उक्त भेलाले तरुणदल नेदरल्याण्ड्सको शाखामा सचिवमा चन्द्र खत्री र सदस्यहरुमा क्रमश जिवन पुःन, सन्तोस ढकाल, जय बहादुर गुरुगं, विकास गौतम, शिव रिजाल, प्रविण विष्ट, आशिष कार्की, गोविन्द ढकाल, युवराज पौडेल,मिन बहादुर थापा, नविन ढकाल, कौशल रावत र रेशव रिजाललाई कार्यसमितिमा चयन गरेको छ ।
साथै भेलाले कार्यसमितिले आवश्यक रुपमा संरक्षक तथा सल्लाहाकारहरु नियुक्त गर्ने छ ।
नवनियुक्त अध्यक्ष गणेश थापाले नेपाली काँग्रेस अहिले प्रतिकुल अवस्थामा रहेको कारण अव नवजागरण आवश्यक परेको र नेपाली काँग्रेसको सिद्धान्त, आदर्शमा रहेर प्रवासबाट पनि नेपाली काँग्रेसलाई शसक्त बनाउन युवाहरुलाई एकिकृत गरेर अडाढि बढ्नु पर्ने भएको कारण तरुणदल गठन गरिएको बताए ।
अध्यक्ष थापालाई नेपाल तरुणदलले मान्ययता दिईसकेको छ ।
भेलाले नेपाल तरुणदल रोल्पाका रोहित पुनको हत्याको खेद तथा भत्र्सना गरेको छ । साथै नेपाल तरुणदल मार्फत मृतकका परिवारलाई रु पचास हजार रुपयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस