Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

गायक शशि लामाले ल्याए “आकाश यही हो…….” ।

वाई बि तमू, लिस्वोन, ०६ अगष्ट २०१८— पोर्चुगलको राजधानी लिस्वोनमा विगत तिन वर्ष देखी बस्दै आएका गायक शशि लामाले “ आकाश यहि हो….. ” नामक म्यूजिक भिडियो मार्फत आफ््नो पहिलो साङ्गितीक यात्रा शुरु गरेका छन ।
राजधानी लिस्वोनमा आयोजित एक भव्य साङ्गितीक कार्यक्रममा नेपालका चर्चित पप तथा लोक गायक द्धय राजु लामा र मिलन लामाले सँयुक्त रुपमा उक्त म्यूजिक भिडियो क्लिक गरेर सार्वजनिक गरिएको उक्त गीती एल्वमको सार्वजनिकिकरण गर्नु पूर्व  गायक शशि लामाले उक्त गीत पहिलो पटक प्रत्यक्ष गाएका थिए ।
साहित्यकार तथा कवि सञ्जय लामाको शब्द, हरि लम्सालको सङ्गित रहेको उक्त गीतमा साम छन्त्याल र शशी लामाको स्वर रहेको छ भने उक्त म्यूजिक भिडियोको छायाँकन पोर्चुगल र अष्ट्रेलियामा गरिएको थियो । जीवन रसाईलीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा विनोद पौडेल तथा अञ्जली पोखरेलले अभिनय गरेका छन्् ।
रोचक कुरा के छ भने उक्त गायक शशि लामा तथा रचनाकार सञ्जय लामा सहोदर दाजू भाई हुन भने नेपाली ताराबाट गायनमा प्रवेश गरेका सन्तोष लामाका सहोदर तिन दाजुूभाईहरु हुन ।
अझ रोचक कुरा त यस गीतका गीतकार सञ्वय लामा बहु प्रतिभाका धनि हुन । कवि,साहित्यकार,गीतकार,कलाकार उनी नृत्यमा निक्कै दख्खल छन भने पछिल्लो समय गायक शशी,गीतकार तथा साहित्यकार सञ्जय लामा र उनकी दिदी विन्दु लामा सहित सपरिवार लिस्वोन बस्दै आएका छन भने बहु प्रतिभाका धनि सञ्जय लामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),को कोषाध्यक्ष पदमा आबद्ध रहेका छन्् भने विन्दु लामा तामाङ्ग समाज पोर्चुगलको सचिव हुनुहुन्छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!