Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

गुरुङ समाज नेदरल्यान्ड्स ले तमु ल्होसार मनायो

द्रोण रिजाल नेदरल्यान्ड्स, कला र संस्कृतिलाई जगेर्ना गर्दै सदा झैँ यो बर्ष पनि गुरुङ समाज नेदरल्यान्ड्सले आफ्नो समुदायको महान चाड तमु ल्होसार भब्य रुपमा मनाएको छ | “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानब अस्तित्यो नै हराउछ” भन्ने मुल स्लोगन लिएर नेदरल्यान्ड्सको राजधानी आम्स्तार्दाममा नेपालका ख्याती प्राप्त कलाकारहरु भिमु गुरुङ, कृष्ण रेउले र रिय श्रेष्ठ सहितको बेजोड प्रस्तुतिले कार्यक्रम हल गुन्जायमान भएको थियो | मिष्ठान्न भोजनको स्वाद संगै नेदरल्यान्ड्सबासि अन्य नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाली कला र संस्कृतिलाइ जीवन्त राख्नु पर्छ भन्ने संदेश दिएको थियो |

गुरुङ समाजका उपाध्यक्ष श्री कृष्ण गुरुङको अध्यक्ष्यतामा भएको उक्त  कार्यक्रमको आकर्षकका रुपमा प्रमुख आतिथ्यता तमु समाज बेल्जियमकि अध्यक्ष श्रीमती नन्द कुमारी गुरुङ (दुर्गा दिदि )ले गर्नुभएको थियो भने आथित्यता स्वीकार गर्दै गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद का युरोप संयोजक श्री नारायण आचार्य, आइ.सी.सी. सदस्य श्री ठाकुर प्रसाद शर्मा (मनोहरि ), गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सका कार्य बाहक अध्यक्ष तथा मोना नेपालका केन्द्रीय उपाध्यक्ष श्री मिम पुर्जा, नेपाल फोण्ड फाउन्डेसनकि अध्यक्ष श्रीमती रिता थापा सहित जना सम्पर्क समिति नेदरल्यान्ड्स, मोना नेदरल्यान्ड्स, मगर समाज नेदरल्यान्ड्स, नेपाल समाज नेदरल्यान्ड्स, प्रवासी नेपाली मंच नेदरल्यान्ड्स, प्रवासी नेपाली एकता समाज नेदरल्यान्ड्स, नेपाल ब्यबसायी संघ नेदरल्यान्ड्स, भुटानिज कम्युनिटी नेदरल्यान्ड्स, तमु समाज बेल्जियम लगायतका संघ संथाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो |

बुद्धको मुर्ति अधि बत्ति बालेर सुरुवात गरिएको कार्यक्राममा राष्ट्रिय गित सहित गुरुङ समुदयाको संस्कृति झल्किने गित ले हल गुन्जयमान भएको थियो | कोषाध्यक्ष श्री रेशम गुरुङ ले स्वागत मन्तब्य राख्दै  पहिलो चरणको कार्यक्रमको संचालन समाजका महासचिब श्री शिव गुरुङले गर्नुभएको थियो भने  दोश्रो सांस्कृतिक कार्यक्रमको  संचालन सहसचिब श्रीमती आशा गुरुङ ले गर्नुभएको थियो |स्थानिय कलाकार जेशी गुरुङ्, अलिशा गुरुङ्, अनिशा गुरुङ र बेल्जियम बाट
दीक्षा गुरुङ्, सबिना गुरुङ र बेल्जियम आमा टोलीले छुटा छुटै प्रस्तुती दिएर सम्पुर्ण उपस्थिता पहुना हरु लाई भर्पुर मनोरन्जन दिएका थिए ।

नोट :सम्पूर्ण फोटो हरु हेर्न को लागि www.mozgar.com मा जानु होला

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!