नेदरल्यान्डस गतिबिधी

गुरुङ समाज नेदर्ल्यान्डसद्वारा २४ डिसेम्बर मा गुरुङ लोसार मनाईदै

गुरुङ समाज नेदेर्ल्यान्डस द्वारा आयोजित लोसार कार्यक्रम यही डिसेम्बर २४ मा हुन गैरहेको छ। बिगत का दिन मा झै यस्पली पनि सेल रोटी र गेडा गूडिको तरकारी ले स्वागत र बिच मा साँस्कृतिक कार्यक्रम अनी खसीको मासु, दाल, भात र  तरकारीको डिनर अनी अन्त्यमा डिजे सेशन हुने कुरा संस्कृतिक सम्योजक आशा गुरुङ बताउनुहुन्छ।

नोट: सम्पूर्ण जानकारी यही पोष्टरमा देख्न सक्नु हुनेछ |

मूलत यो लोसार चाड गुरुङ जाती हरुको भएता पनि यो सम्पूर्ण नेपाली हरु हरुले संसार भर हर्ष उल्लाषका साथ मनाईरहेको पाईन्छ। यो नेपाल र नेपाली को चाड हो। यि धेरै बिभिधता भएको हाम्रो प्यारो देश को महत्वो र रमाइलो पक्ष नै यही हो भन्नु हुन्छ महसचिब शिव गुरुङ । यसरी बिदेशमा आएर पनि आफ्नो भाषा सांस्क्रिती र भेष भुषा लाई यसरी नै मनाएर हामीले त्यस्को सम्रक्षण र सम्बर्धन गर्नु पर्दछ। र अन्य नेपाली या भनु गैर-गुरुङ या बिदेशी साथी हरु लाई निम्तो र स्वागत गरेर उनी हरु लाई अतिथी सत्कार गरी आफ्नो कला मार्फत आफ्नो संस्क्रिती झल्काउनु नै यो कार्यक्रम को मुख्य बिशेषता हो।

बर्ष भरी को तिक्तता र बैमनस्यता लाई त्यागेर मित्रता र सदभाब को बातावरण श्रीजना गर्ने अवसर हो अघी थप्नु हुन्छ बर्तमान अध्यक्ष प्रेम सिंह गुरुङ । नेदर्ल्यान्डस मा प्रतेक बर्ष यसरी नै गुरुङ समाज नेदर्ल्यान्डस ले मनाउदै आईरहेको छ र एन आर एन लगाएत का अन्य संघ संस्था हरुले सहयोग र समर्थन जनाएर यस् कार्यक्रम लाई सधैं झै यस्पली पनि सफल बनाईदिनु हुन्छ भन्ने कुरामा म ढुक्क छु भन्नुहुन्छ अध्यक्षज्यु।

तल प्रतिकृया दिनुहोस