Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीहेडलाइन

गैरआवासीय नेपाली संघ महिला फोरम नेदर्ल्यान्डसद्वारा अन्तर्राष्ट्रिय महिला दिवस यही १० मार्चमा मनाउदै

यही मार्च १० तारिक गैरआवासीय नेपाली संघ महिला फोरम नेदर्ल्यान्डस द्वारा आयोजना हुन गैइरहेको अन्तर्राष्ट्रिय महिला दिवसमा सम्पूर्ण नेदर्ल्यान्डस बासीहरु लाई आमन्त्रित गरिन्छ। कार्यक्रम २ बजे दिउसो देखि ८ बजेसम्म हुने व्याहोरा जानकारी गराईन्छ ।

त्यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने, विभिन्न जातजातिका पोशाकहरु लगाएर प्रदर्शन गरिने, विभिन्न नेपाली परिकारका खानाहरु बनाएर बेच्ने वर्तमान महिला संयोजक अर्चना पाण्डे निरौलाले जानकारी गराउनु भयो। सांस्कृतिक कार्यक्रमलाई भने इनास नेदरल्याण्डसले सहयोग गर्ने भएको छ। विभिन्न खानेकुराहरु बेचेर केही रकम संकलन गरेता पनि प्रवेश शुल्क चाँही निशुल्क गरिएको संयोजक अगाडि बताउनु हुन्छ।

सम्पूर्ण नेदरल्यान्ड्समा बस्नुहुने बुबाआमा दाजुभाइ दिदीबहिनीहरू सबैलाई यस महत्वोपूर्ण दिनमा उपस्थिती भई यस कार्यक्रम को शोभा बडाइदिनको लागि पनि हार्दिक आनुरोध गर्नु हुन्छ संयोजक पाण्डे।

स्थान:H. Cleyndertweg 63A 1025 DG,

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!