Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधी

गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स द्वारा हावाहुरी प्रभावित क्षेत्रमा सहयोग प्रदान।

नेदरल्यान्ड्स,५ अप्रिल २०१९, गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्ड्सले नेपालका हावाहुरी पीड़ितको लागी सहयोग हस्तान्तरण गरेको छ ।

गत आइतवार हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवार र हावाहुरी पीडितको लागी सहयोग गर्न एनआरएन नेदरल्यान्ड्सले सहयोगका लागि अपिल गरेको थियो । सो अनुरुप गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको आपतकालीन राहत कोषमा रहेको रकम बाट यूरो १००० ( नेपाली एक लाख चौबिस हजार) संघ को केन्द्रिय बैंक खातामा आज पठाएको कुरा संघका अध्यक्ष श्री मनोहरि शर्माले जानकारी गराउनु भयो। प्राकृतिक प्रकोप जति बेला पनि आउन सक्ने भएकोले तत्काल राहत को ब्यबस्था गर्न सकियोस भन्ने हेतुले संघले आपतकालीन राहत कोष स्थापना गरेको कुरा आपतकालीन राहत कोषका सदस्य सचिब अमिर देबकोटाले जानकारी गराउदै आउदा दिनमा यो कोष लाई बृहत बनाउदै लगिने बताउनु भयो। कोष लाई बृहत बनाउदै लगिने बताउनु भयो।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!