गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सले एन. आर . एन. महिला फोरम द्वारा राखिएको बार्बिक्यु कार्यक्रमका साथै एन. आर. एन. नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि), आइ. सी. सी. द्वय हिमाल गुरुङ, नारायण आचार्य , संघका पदाधिकारी तथा , कार्यसमिति सदस्यहरु,संघका सल्लाहकारहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघ सस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका बीच एन आर एन ए आई सी सी द्वारा जारी गरिएको एन आर एन ए आईडी कार्ड वितरण गरेको छ। उक्त संघका महासचिब जितेन्द्र कुमार श्रेष्ठले उक्त कार्यक्रम को संचालन गर्नुका साथै , उक्त कार्यक्रम को संयोजकत्व नर्थ हल्याण्डक संयोजक रुदिप खनाल र महिला संयोजक अर्चना पाण्डेले गर्नु भएको थियो। यसै गरि आईडी कार्ड प्राप्त गर्न सबैको सुबिधाका लागि सबै क्षेत्रमा गई वितरण गर्ने गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको चाहना अनुरुप दोस्रो दिन साउथ होल्याण्ड समाज द्वारा राखिएको खुल्ला बार्बिक्यु कार्यक्रमका बिच साउथ हल्याण्ड संयोजक राजेन्द्र शर्मा को संयोजकत्वमा आईडी कार्ड वितरण गरेको कुरा महासचिब श्रेष्ठले हामीलाई जानकारी गराउनु भयो। र अब छिट्टै नै सम्पूर्ण क्षेत्रमा गई वितरण गर्ने र आईडी कार्ड को लागि चाहिने जानकारी आईडी कार्ड नबनाउनु भएका सबैमा जति सक्दो छिटो उपलब्ध गराई कार्ड को फाइदा लिनु हुन पनि महासचिब श्रेष्ठले आग्रह गर्नु भएको थियो । यसै गरि दुवै कार्यक्रममा बोल्नु हुदै संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा र आइ. सी .सी द्वय हिमाल गुरुङ र नारायण आचार्यले उक्त कार्डको उपयोगिता तथा फाइदाका बारेमा सबैलाई प्रष्ट पार्नु भएको थियो । कार्ड पाई सके पछाडी उपस्थित सबैको पर्तिक्रिया लिदै गर्दा सबै जना अतिनै उत्साहित देखिनु भएको थियो र लामो समय पछाडी एन. आर. एन. को एजेन्डामा हुने गरेको यो कार्य निबर्तमान कार्यसमितिले पुरा गरेकोमा सबैले हार्दिक आभार प्रकटगर्नुका साथै जन सम्पर्क समितिका वर्तमान अध्यक्ष पदम बहादुर क्षेत्री ,निबर्तमान अध्यक्ष उत्तम कंडेल , वर्तमान महामन्त्री प्रेम जंग गुरुङ तथा प्रबासी नेपाली मंच नेदरल्यान्ड्सका महासचिब धनकुमार बोहोरा ले आउदा दिनहरुमा कार्यक्रम सफलताकोशुभकामना दिनु हुदै उहाँहरुको सस्थाको र व्यक्तिगत तर्फबाट सदैब सहयोग रहने प्रतिक्रिया दिनु भएको थियो । बार्बिक्यु कार्यक्रममा महिला केटाकेटी र उपस्थित सबैले भरपुर मनोरंजनलिएको दृश्य देखिनुका साथै, कार्यक्रम पूर्ण रुपमा सफल भएको थियो ।
Photo: NRNA ID Card.
Photo: ID Card Distribution

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस