Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

गैर आवासिय नेपाली संघ नेदर्ल्याण्डको अध्यक्षमा श्रीराम कंडेल

गैर आवासिय नेपाली संघ नेदर्ल्याण्डको स्थापनाकाल देखि नै संस्थागत बिकास र ब्रिद्धीको अभियानमा उल्लेखनिय भूमिका निर्वाह गर्दै पुर्व माहासचिव र आइ सि सि सदस्यको अनुभव समेत बोकी यहि ८ सेप्टेम्बर २०१९ मा हुन गैरहेको एनआरएनए नेदर्ल्याण्डको अधिवेशनको लागि अध्याक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ । नेदर्ल्याण्डमा बसोबास गर्ने समस्त नेपालीहरुको हकहित, आपसी सद्भाव र भाईचाराको सम्बन्ध अभिब्रिधी गर्दै आफुले आर्जन गरेको ज्ञान, सिप र स्रोतलाई नेपालको सम्रिधीमा इट्टा थप गर्ने गैर आवासिय नेपाली संघको मुलमन्त्र रहेको हुँदा गैर आवासिय नेपाली संघ नेदर्ल्याण्डको आगामी कार्यसमिती पनि समावेसी ढंगले चयन गर्नु पर्छ भन्ने उँहाको भनाइ छ । नेदर्ल्यान्डमा अवस्थित प्रमुख नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै गैर आवासिय नेपाली संघ नेदर्ल्याण्डको आगामी नेत्रित्व समाज कै लागि उदाहरणिय बनाउन आफु निरन्तर लागि पर्ने साथै सामाजिक र परोपकारी क्षेत्रमा नमुनाजनक परीयोजनाहरु ल्याउन सबै संघसंस्था, नेपाली राजदुताबास र नेदर्ल्याण्ड सरकारसँग पनि सहकार्य गर्ने प्रतिबधता उँहाले ब्याक्त गर्नु भयो ।

नेपाली ब्यावसायिक संघ नेदर्ल्याण्डका बर्तमान अध्यक्ष समेत रहेका श्रीराम कंडेल बिगतको १५ वर्ष देखि नेदर्ल्याण्डमा बसोवास गर्दै आउनु भएको एक सफल ब्यावसायी पनि हुनुहुन्छ साथै नेपाली समाज नेदर्ल्याण्डमा उँहा एक इमान्दार, त्यागी र सक्षम ब्यक्तित्वको रुपमा पारीचित हुनुहुन्छ । उँहाको नेत्रित्वमा गैर अवासिय नेपाली संघले समाजका सबै तह र तप्काहरुलाई समेटेर संस्थाको लक्ष हसिल गर्ने छ भन्ने विश्वास स्वरुप उँहालाई नेपाली जनसंपर्क समिती र प्रवासि नेपाली एकता मंचको पनि पूर्ण समर्थन रहेको जानकारीमा आएको छ । उँहाको उमेदवारीतालाई नेदर्ल्याण्डमा बस्नु हुने सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुले समर्थन गरिदिनु हुन हार्दिक अपिल गर्दै अधिवेशनमा उपस्थित भै अधिवेशनलाई सफल पारीदिनु हुन समेत आग्रह गर्नु भएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!