Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

गैर आवासीय नेपाली संघ,म्याड्रिडद्वारा छिमेकि राष्ट्र भारतले अन्तराष्ट्रिय कानूनको उल्लंघन गरेकोमा घोर भर्त्सना

म्याड्रिड। गैर आवासीय नेपाली संघ,म्याड्रिडले हालै नेपाल सरकारले कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटि जारी गरेको नेपालको नयां नक्सालाई स्वागत गर्दै नेपाली भूमिको जमिन प्रयोग गर्ने तथा अन्तराष्ट्रिय कानूनको उल्लंघन गर्ने भारतको अभिप्रायको घोर भर्त्सना गर्दछ।
एनआरएनए-म्याड्रिडका अध्यक्ष सुजिल गोले र सचिव सागर श्रेष्ठ(भोटे) द्वारा संयुक्त रुपमा हस्ताक्षरित एक प्रेस
विज्ञप्तिमा उक्त कुरा जनाइएकोछ ।विज्ञप्तिको पूण पाठ:

विश्वको मानचित्रमा भारत र चीन बिचमा अवस्थित हाम्रो देश नेपाल सर्वोच्च शिखर सगरमाथा र शान्तिका प्रतिक गौतम बुद्धको नामले परिचित एक स्वतन्त्र राष्ट्र हो।तर हाम्रो छिमेकि राष्ट्र भारतद्वारा पटकपटक नेपाल र भारत बिचमा रहेको नेपाली भूमिमा पर्ने सिमानाको अंश मिच्चे कार्य भईरहेको र वर्तमान समयमा कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सिमामा मिचेर एकलौटि इच्छाद्वारा कैलाश मानशरोवरमा यात्रा गर्ने सडक निमार्ण गरेको खबरले गैर आवासीय नेपाली संघ,म्याड्रिडको गम्भिर ध्यानकर्षण भएको छ ।भारतले गत २ नोभेम्बर २०१९ मा जारी गरेको भारतको नयां राजनीतिक नक्सामा नेपालको भुभाग कालापानी,लिपुलेक र लिम्पियाधुरालाई आफ्नो सिमा क्षेत्र अन्तर्गत पर्ने देखाएको प्रति गैर आवासीय नेपाली संघ,म्याड्रिड घोर विरोध गर्दछ ।
हालै नेपाल सरकारले १८ मे २०२० का दिन लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटि  नेपालको नयां नक्सा जारी गरेको छ र यस प्रशंसनीय कार्य नेपाली ईतिहासमा नै स्वर्ग दिनको रुपमा अमर रहनेछ ।
यसै क्रममा बलिउडमा ख्याति प्राप्त नेपाली चेली मनिसा कोइरालाद्वारा दिईएको अभिव्यक्तिलाई लिएर भारतीय मिडियाद्वारा प्रशारित तुच्छ शब्दहरुद्वारा गरिएको प्रोपगांडाको पनि घोर विरोध गर्दछौं ।हामी नेपाली विश्वको जुनसुकै कुनामा रहेतापनि देशको सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने कुनै खालका गतिविधिलाई हामी सहन सक्दैनौं ।
नेपाल र भारतविच सिमा समाधानको लागि ऐतिहासिक दस्ताभेजलाई आधारमानि सुक्षम र गहन अध्ययन गरि अबिलम्ब कुटनीतिक तवरमा यसको दिर्घकालिन समाधानको पहल गरियोस् भनि नेपाल सरकारसंग हामी स्पेनवासी नेपाली अनुरोध गर्दछौं ।”

विज्ञप्तिमा भनिएको छ-“अन्तत: नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउने कार्यमा नेपाल सरकारलाई गैर आवासीय नेपाली संघ,म्याड्रिडको सदैव साथ रहनेछ ।हामी नेपाली परदेशमा रहेतापनि चाहेको खण्डमा पूरा साम,दाम , दंड भेदले यस कार्यमा नेपाल सरकारलाई सहयोग गर्नेछौं ।”

 

 

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!