Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

गैर आवासीय नेपाली संघ,म्याड्रिडद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

म्याड्रिड (सागर भोटे): गैर आवासीय नेपाली संघ,म्याड्रिडले मनोनित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।संघको कमिटि निर्णय अनुसार मनोनित गरिएका एनआरएनए,स्पेनका भुपू महासचिव जीवन प्रसाई तथा एनआरएनए म्याड्रिडका भुपू कोषाध्यक्ष चुनु बानिया-सल्लाहाकार,उपाध्यक्षहरु बसन्त कुमार पार्धे र कमलराज लामिछाने,सदस्यहरु मन माया(झरना)राई,ज्योति मगर र टेक नाथ(प्रकाश) भट्टराईलाई कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो ।
संघका अध्यक्ष सुजिल गोलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नव निवार्चित गैर आवासीय नेपाली संघ,स्पेनमा उपाध्यक्ष उत्तर कुमार राईज्यू तथा केन्द्रिय सचिव(म्याड्रिड)मेघनाथ ढकालज्यूलाई बधाई तथा मायाको चिनो प्रदान गरिएको थियो ।
स्वागत तथा सम्मानको कार्यक्रम लगतै गत सेप्तेम्बरको पहिलो हप्तामा सम्पन्न तीज कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।विजेताहरु क्रमश:प्रथम(Anu Karki,Prabha Poudel),दि्तिय(Sadikshya Acharya,Rozy Ghimire,Sarita Karki,Jeena Thapa,Padma Karki)-टिम रश्मि गुरुङ्ग र सोनिया भुशाल,तृतीय :क्र्मश;Diya Bista र सर्मिला साहि ।साथै अडिएन्स चोईस्:सलिना गुरुङ्ग,आयोजक चोईस्: Barsha Gautam र Indrawati(Ruma)Shrestha थिए ।

अध्यक्ष गोलेले उपस्थित म्याड्रिडवासी सम्पूर्णलाई धन्यवाद दिंदै ,कार्य समिति विस्तार सँगै अब संघले बनाएका योजना र कार्यहरु तीव्र रुपमा अघि बढ्ने छ र नव नियूक्त पदाधिकारीहरिलाई हातेमालो गर्दै नेपाली समिदायको हकहितमा एकजुट हुन आव्हान गरेका थिए ।कार्यक्रममा महिला संयोजक सनिसा गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए भने युवा संयोजक पञ्चमान महर्जनले समापनको संदेश दिएका थिए ।संघका सचिव सागर भोटेले उक्त कार्यक्रम संचालन गरेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!